२०८३, १८ भाद्र शुक्रबार

खप्तड गोल्ड कपको उपाधि पुलिसलाई

खप्तड गोल्ड कपको उपाधि पुलिसलाई


धनगढी, ५ माघ : ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७५’को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रङ्गशालामा भएको फाइनल प्रतिस्पर्धामा आज पुलिसले रुस्लान थ्री स्टारलाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको हो । पुलिसको जीतमा एक मात्र गोल अभिषेक रिजालले गरे । खेलको ६४औँ मिनेटमा पुलिसका लागि निरकुमार राईले प्रहार गरेको कर्नरमा अभिषेक रिजालले गोल गरेका थिए ।

खेलमा निर्णायक गोल गरेका फाइन प्रतिस्पर्धाका अभिषेक ‘म्यान अफ दी म्याच‘ बन्दै रु १० हजार पुरस्कार प्राप्त गरे । विजेतासँगै पुलिसले रु २१ लाख पुरस्कार पाएको छ । उपविजेता थ्री स्टारले रु दश लाख प्राप्त गरेको छ । विजयी टोलीका प्रशिक्षक अनन्तराज थापाले मोफसलको प्रतियोगिता जित्ने लक्ष्यसहित खेलिएकाले उपाधि जित्न सफलता मिलेको प्रतिक्रिया दिनुभयो ।

प्रतियोगिताको विधागत उत्कृष्टतर्फ पनि पुलिसको नै वर्चस्व देखियो । नेपाल पुलिस क्लबका नै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा अनन्तराज थापा, उत्कृष्ट डिफेण्डरमा अजित भण्डारी र उत्कृष्ट गोलरक्षक शत्रुघन चौधरी घोषित भई पुरस्कृत हुनुभयो । उत्कृष्ट मिडफिल्डरमा रुस्लान थ्री स्टारका विक्रम लामा घोषित हुँदा उदियमान खेलाडी सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भई पुरस्कृत हुनुभयो ।

प्रतियोगिता अवाधिभर तीन गोल गरेका पुलिसका तीर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउनुभयो । व्यक्तिगत विधातर्फ सबै विजेतालाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको समापन समारोहमा सामाजिक अभियन्ता डा आरजु राणा देउवा, राष्ट्रिय खेलकूद परिषद्का (एन्फा) महासचिब इन्द्रमान तुलाधर, आयोजक क्लबका अध्यक्ष सुरेश हमाल लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ८ : ५५ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण