२०८३, ७ कार्तिक शनिबार

खप्तड गोल्ड कपको उपाधि पुलिसलाई

खप्तड गोल्ड कपको उपाधि पुलिसलाई


धनगढी, ५ माघ : ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७५’को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रङ्गशालामा भएको फाइनल प्रतिस्पर्धामा आज पुलिसले रुस्लान थ्री स्टारलाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको हो । पुलिसको जीतमा एक मात्र गोल अभिषेक रिजालले गरे । खेलको ६४औँ मिनेटमा पुलिसका लागि निरकुमार राईले प्रहार गरेको कर्नरमा अभिषेक रिजालले गोल गरेका थिए ।

खेलमा निर्णायक गोल गरेका फाइन प्रतिस्पर्धाका अभिषेक ‘म्यान अफ दी म्याच‘ बन्दै रु १० हजार पुरस्कार प्राप्त गरे । विजेतासँगै पुलिसले रु २१ लाख पुरस्कार पाएको छ । उपविजेता थ्री स्टारले रु दश लाख प्राप्त गरेको छ । विजयी टोलीका प्रशिक्षक अनन्तराज थापाले मोफसलको प्रतियोगिता जित्ने लक्ष्यसहित खेलिएकाले उपाधि जित्न सफलता मिलेको प्रतिक्रिया दिनुभयो ।

प्रतियोगिताको विधागत उत्कृष्टतर्फ पनि पुलिसको नै वर्चस्व देखियो । नेपाल पुलिस क्लबका नै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा अनन्तराज थापा, उत्कृष्ट डिफेण्डरमा अजित भण्डारी र उत्कृष्ट गोलरक्षक शत्रुघन चौधरी घोषित भई पुरस्कृत हुनुभयो । उत्कृष्ट मिडफिल्डरमा रुस्लान थ्री स्टारका विक्रम लामा घोषित हुँदा उदियमान खेलाडी सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबका भरत टमाटा घोषित भई पुरस्कृत हुनुभयो ।

प्रतियोगिता अवाधिभर तीन गोल गरेका पुलिसका तीर्थ रानाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउनुभयो । व्यक्तिगत विधातर्फ सबै विजेतालाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको समापन समारोहमा सामाजिक अभियन्ता डा आरजु राणा देउवा, राष्ट्रिय खेलकूद परिषद्का (एन्फा) महासचिब इन्द्रमान तुलाधर, आयोजक क्लबका अध्यक्ष सुरेश हमाल लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ८ : ५५ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट