२०८२, १९ बैशाख शुक्रबार

हरेक दिन सरकार एक कदम अघि बढेको छ : प्रधानमन्त्री ओली

हरेक दिन सरकार एक कदम अघि बढेको छ : प्रधानमन्त्री ओली


काठमाडौँ, ५ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएका काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाललाई आज पार्टीमा स्वागत गर्दै उहाँले सरकार हरेक दिन नयाँनयाँ काम गर्दै अघि बढेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “मुलुकले नयाँनयाँ उपलब्धि हासिल गरेको छ । विकास निर्माणका कामले तीव्रता पाएको छ, भौतिक संरचना धमाधम बन्न थालेका छन् ।”

देश र जनताको पक्षमा निष्ठापूर्वक अघि बढ्न आग्रह गर्दै उहाँले मुलुकलाई छिट्टै समृद्ध बनाउनु आफ्नो पार्टीको सङ्कल्प भएको बताउनुभयो । सरकारले अग्रगामी नीति लिएको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “ती परिणामले देखाएका छन्, झुठ्ठा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन, उपलब्धि थप बलियो बनेर आउँछ ।”

नेपाल सबैभन्दा तीव्र आर्थिक वृद्धिदर भएको मुलुकका रुपमा देखिन लागेकामा अचम्म नमान्न अनुरोध गर्दै प्रधानमन्त्रीले सरकार तीव्र आर्थिक विकास गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यका साथ अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताको प्रतिव्यक्ति आयमा बढोत्तरी आएको छ । ८५० डलर प्राप्त गर्ने नागरिकले अब एक हजार डलर पाउन थालेका छन् । हामी आँकडामा खेल्ने होइन, परिणाम दिने गरी अघि बढेका छौँ । नेकपा आँकडामा परिवर्तन गर्ने पार्टी हो ।”

वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा कानून निर्माण तथा संरचनाको व्यवस्थापन गर्दा विकास निर्माणमा केही सुस्तता देखिएको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले अब मुलुकको विकासले गति लिने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “विकास र समृद्धिले तीव्र गति लिन्छ, असाधारण तबरबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गरिन्छ । सरकार सुशासन र विकासमा केन्द्रित भएको छ ।”

पार्टी एकता भएको लामो समय बितिसक्दासमेत यसले पूर्णता नपाएको यथार्थ दुवै अध्यक्षले महसुस गरेको बताउँदै उहाँले अबको केही दिनभित्रै पार्टी एकताले अन्तिम रुप पाउने विश्वास व्यक्त गर्नुभयो । नेकपाप्रति जनता, राजनीतिक कार्यकर्ता र सचेत नागरिकको विश्वास बढेको दाबी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेकपाले देशलाई समृद्धिमा लैजान्छ, हामी कसैका विरुद्ध एक शब्द पनि बोल्दैनौँ, झुट बोल्दैनौँ, आरोप पनि लगाउँदैनौ र सही कुरा आवश्यक मात्रामा भन्छौँ । त्यसैले त नेकपाप्रति विश्वास बढ्दो छ ।” नवप्रवेशीलाई पार्टीभित्र उचित जिम्मेवारी दिइने उल्लेख गर्दै उहाँले नयाँ सदस्य थपले नेकपा झन् एकताबद्ध भएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ८ : ३९ बजे

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई

आजको मौसम : कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु

एनआरएनए एकता महाधिवेशन उदघाटन गर्न राष्ट्रपतिलाई निम्तो 

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को यही वैशाख २०

शिक्षा ऐन तत्काल जारी गर्न महासंघको आग्रह

काठमाडौं: राष्ट्रिय शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा गम्भीर

सिन्धुलीका सामुदायिक विद्यालयमा लुकिछिपी विद्यार्थी भर्ना !

सिन्धुली: वर्तमान सरकारका विरुद्ध राजधानी केन्द्रीत सडक संघर्षमा होमिएका सिन्धुलीका