२०८२, २५ चैत्र बिहीबार

संविधान संशोधनका लागि सरकारमा सहभागी : उपप्रधानमन्त्री यादव

संविधान संशोधनका लागि सरकारमा सहभागी : उपप्रधानमन्त्री यादव


लहान, ५ माघ : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ । मधेश आन्दोलनका क्रममा शहीद भएकाको सम्झनामा लहानमा आज २ नं प्रदेश सरकारद्वारा आयोजित १२औँ बलिदानी दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले सरकारले मधेशीको हकअधिकार र पहिचानका लागि संविधान संशोधन नगरे सरकारबाट बाहिरिनसमेत तयार रहेको बताउनुभयो ।

मधेशी, दलित, मुस्लिम, जनजाति लगायतमाथि अझै विभेद कायम रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले सरकारले संविधान संशोधन गर्न तयार नभए सङ्घर्षका लागि तयार रहनसमेत मधेशी समुदायसँग अपिल गर्नुभयो । मुलुकको प्रमुख शत्रु गरीबी, बेरोजगारी र अशिक्षा रहेकाले त्यसको अन्त्यका लागि सरकार प्रतिबद्ध बताउँदै उहाँले गरीबी, बेरोजगारी र अशिक्षा अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएकाले यसलाई अन्त्य गर्न सरकार प्रतिबद्धताका साथ अघि बढेको बताउनुभयो ।

सरकारका तर्फबाट मधेशमा शिक्षा, स्वास्थ्य लगायतको विकासका लागि योजना अघि सारिसकेको समेत उहाँले स्पष्ट पार्नुभयो । शहीदको बलिदानीबाट प्राप्त भएको सङ्घीयतालाई समाप्त पार्ने षडयन्त्र भइरहेको दाबी गर्दै उहाँले सङ्घीयता विरोधी गतिविधि र षडयन्त्रप्रति जागरुप हुनुपर्ने जिकिर गर्नुभयो । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कटौती गरेर सङ्घीयता विफल पार्ने षडयन्त्र भइरहेको आरोप लगाउनुभयो ।

प्रदेशभित्रका बेरोजगारी युवालाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले शुरु गरिसकेको उल्लेख गर्दै उहाँले शहीदको सपनालाई प्रदेश सरकारले तुहिन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । लहानस्थित पशुपति आदर्श माविको खेलमैदानमा आयोजित कार्यक्रममा प्रदेश २ सरकारका भौतिक योजनामन्त्री जितेन्द्र सोनल, वनमन्त्री रामनरेश राय, भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, अर्थमन्त्री विजय यादव लगायतले बोल्नुभयो ।

सो अवसरमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव, मुख्यमन्त्री राउतले मधेश आन्दोलनका क्रममा शहीद भएका ४६ जना शहीद परिवारलाई रोजगारीको नियुक्तिको डेमो प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । त्यस्तै विभिन्न मधेश आन्दोलनका क्रममा घाइते भएका प्रदेश २ भित्रका ९७ जनालाई कार्यक्रममा राहतस्वरुप आर्थिक सहयोगसमेत प्रदान गरियो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ७ : ४७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि