२०८३, १८ भाद्र शुक्रबार

सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई


कास्की, ५ माघ : दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफ क्लबले उचालेको छ । डिफेण्डिङ च्याम्पियन एपिएफले आज पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा जीत निकाल्दै उपाधि रक्षा गरेको हो । पहिलो सेट २५–८ मा जितेको एपिएफले दोस्रो सेट २५–१९ ले गुमायो । तर तेस्रो र चौथो सेट समान २५–१७ मा जित्दै उसले उपाधिसहित नगद रु तीन लाख ५० हजार तथा ट्रफी हात पार्न सफल भयो ।

उपविजेता बनेको नेपाल पुलिस क्लब नगद रु एक लाख ७५ हजार तथा ट्रफीमा चित्त बुझायो । आज नै तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश नं ३ ले गण्डकी प्रदेशलाई पराजित गरी तेस्रो स्थान हासिल गरी रु एक लाख प्राप्त गर्न सफल भयो । सान्त्वना भएको गण्डकी प्रदेशले रु ५० हजार पुरस्कार पायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि विजेता टोली एपिएफका सरस्वती चौधरीले रु १० हजार, ट्रफी तथा प्रमाणपत्र पाइन् ।

विधागततर्फ उत्कृष्ट स्पाइकर प्रदेश नं ३ का प्रतिभा माली, ब्लकर एपिएफका हिरा केसी, सेटर नेपाल प्रहरीका कमला पुन, डिफेण्डर प्रहरीका शान्ति तामाङ, सर्भर गण्डकी प्रदेशका अरुणा शाही तथा उत्कृष्ट प्रशिक्षकको उपाधि एपिएफका ज्ञानेन्द बिष्टले हात पारे । विधागततर्फ उत्कृष्ट सबैले रु पाँच हजार तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको विजेता, उपविजेता, तृतीय, सान्त्वना तथा विधागत रुपमा उत्कृष्ट टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, राष्ट्रिय खेलकूद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङ, पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, पत्रकार महासङ्घ गण्डकीका सचिव इन्द्र पौडेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री गुरुङले पोखरामा खेल पूर्वाधार निर्माण गरी खेलकूदको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा माघ १ गतेदेखि भएको प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता थियो । प्रतियोगिताको पहिलो संस्करण प्रदेश नं ५ को रोल्पामा गत वर्ष सम्पन्न भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ७ : ४३ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण