२०८२, २२ चैत्र सोमबार

महिला फुटबल टोलीले तलबभत्ता पाउने: कति पाउछन् भत्ता ?

महिला फुटबल टोलीले तलबभत्ता पाउने: कति पाउछन् भत्ता ?


काठमाडौँ, ५ माघ : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका सदस्यले मासिक तलबभत्ता पाउने भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को हालै बसेको कार्यसमिति बैठकले महिला टोलीलाई मासिक रु सात हजार तलब र रु तीन हजार भत्ता उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता किरण राईले जानकारी दिनुभयो । यसअघि राष्ट्रिय महिला टोलीले तलब र भत्ता पाउने गरेका थिएनन् ।

एन्फाले ओलम्पिक महिला फुटबलका लागि एशियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय टोलीलाई नगदसहित सम्मानित गर्ने निर्णयसमेत गरेको छ । एन्फाको कार्यसमिति बैठकले महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजारबाट सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता राईले जानकारी दिनुभयो । म्यान्मामा गत कात्तिकमा सम्पन्न पहिलो चरणको एशिया छनोटबाट नेपालले दोस्रो चरणका लागि स्थान पक्का गरेको थियो । सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि भएको छनोटमा नेपालले तीन खेलमा बराबरी खेल्दै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । यो नेपाली महिला फुटबलको ऐतिहासिक सफलता हो ।

यस्तै एन्फाले एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली टोलीलाई जनही रु २५ हजारबाट सम्मान गर्ने निर्णय गरेको छ । गत कात्तिकमा थाइल्याण्डमा सम्पन्न छनोटमा नेपाल उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । नेपालले भारत र पाकिस्तानलाई पराजित गर्दै उपविजेताका रुपमा दोस्रो चरणमा प्रवेश गरेको थियो ।

जुडो खेलाडी फर्किन्
टोकियो ओलम्पिकको छनोटको तयारीका लागि जापानमा प्रशिक्षणरत जुडो खेलाडी फुपु ल्हामु खत्री प्रशिक्षणबीचमै छाडेर स्वदेश फर्किएकी छिन् । बाह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा जुडोमा नेपाललाई स्वर्ण दिलाएकी फुपूलाई सम्भावना भएको खेलाडीका रुपमा छनोट गर्दै नेपाल ओलम्पिक कमिटीले वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाएको थियो ।

गत वर्ष भएको साउथ एशियन जुडो च्याम्पियनशिपलगत्तै ओलम्पिक तयारीका लागि जापानमा प्रशिक्षण गर्न गएकी खत्री सम्बन्धित निकायलाई थाहै नदिइ केही दिनअघि स्वदेश फर्किएकी हुन् । उनले करीब आठ महीना जापानमा प्रशिक्षण गरिन् । नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले सम्बन्धित खेल सङ्घ र ओलम्पिक कमिटीलाई जानकारी नै नदिएर फुपू नेपाल फर्किएको जानकारी दिनुभयो । प्रशिक्षणका लागि जापान पुगेलगत्तै फुपू घाइते भएको र प्रशिक्षण गर्न नसकेर स्वदेश फर्केको आफूले जानकारी पाएको उहाँले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ६ : १५ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर