२०८२, २ आश्विन बिहीबार

पत्रकार ढकालका हत्यारा पक्राउ, यसरि भएको रहेछ हत्या

पत्रकार ढकालका हत्यारा पक्राउ, यसरि भएको रहेछ हत्या


हेटौँडा, ५ माघ : पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटाँैडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन् । अभियुक्तद्धयले पत्रकार ढकालको घाँटी थिचेर तथा मुक्का र ढुङ्गा प्रहार गरी हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ ।

त्यस्तै दिनेश मोबाइल एण्ड इलेक्टोनिक्स सेन्टरका दिनेश थापामगर र नारायणी सुनचाँदी पसलका नारायणबहादुर सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ । हत्यारासँग विनाबिल मोबाइल तथा सुनको औँठी किनेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । लुटपाटका कारण हत्या गरेको भनिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

गत पुस २५ गते ढकाललाई राप्ती पुल नजिकै जङ्गलमा गम्भीर घाइते अवस्थामा भेटाइएको थियो । तत्काल हेटौँडा अस्पताल पु¥याइएका उहाँलाई अस्पतालले मृत घोषित गरेको थियो । विगत १५ वर्षदेखि विभिन्न रेडियोमा काम गर्दै आउनुभएका ढकाल रेडियो अनमोलमा कार्यरत हुनुहुन्थ्यो ।
बुद्धमाध्यामिक विद्यालय हेटौँडा–१२ का शिक्षकसमेत रहनुभएका ढकालको हत्यामा संलग्न व्यक्तिको गिरफ्तार गर्न सफल भएकामा प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहालले प्रहरीलाई धन्यवाद दिनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ माघ शनिबार  ६ : ०५ बजे

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौं । काठमाडौंको बनस्थलीमा बिहीबार बिहान सवारी दुर्घटनामा परेर एक

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौं । नेपालप्रहरीमा ४८ जनावरिष्ठप्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ।

साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको