२०८३, ३० श्रावण आईतबार

स्वाईन फ्लुुका कारण ४० को मृत्यु

स्वाईन फ्लुुका कारण ४० को मृत्यु


जयपुर, भारत, माघ ४ : भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको स्वाईन फ्लुका कारण अहिलेसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार एक हजार भन्दा बढी विरामी परेका छन् । यस्तै रोगका कारण गत बर्ष भारतभरी एक हजार एक सय जनाको मृत्यु भएको थियो भने १५ हजार जना प्रभावित भएका थिए ।

अहिले प्रभावित भएकाहरू गत डिसेम्बर र यही जनवरीका हुन् । उनीहरू भारतको नयाँ दिल्ली र राजस्थानसहित पश्चिमी र उत्तरी राज्यका भएको अधिकारीहरुले जनाएका छन् । विरामीहरूलाई सेवा दिनका लागि ती राज्यहरुमा सरकारले घरदैलोमै उपचार उपलब्ध गराउने अभियान चलाएको छ । त्यसैगरी स्वास्थ्यअधिकारीहरूले यस्ता रोगहरुका बारेमा जनचेतनामुलक कार्यक्रमहरू पनि चलाइएको बताएका छन् । उनीहरूलाई रोगको लक्षण, त्यसका लागि अप्नाउनु पर्ने सावधानीहरू र उपचारका उपायहरूका बारेमा जानकारी दिइएको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

जनचेनतामुलक अभियानका क्रममा पाँच हजार १०० जनाको स्वास्थ्य परिक्षणसमेत गरिएको थियो । “अहिले फैलिएको स्वाइन फ्लुका कारण यही जनवरी १ देखि १७ तारिख सम्ममा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने एक हजार ३६ जना विरामी भएको पाइएको छ, ती मध्ये एक जनाको बिहीबार मृत्यु भएको छ,” राजस्थान स्वास्थ्य विभागद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

स्वाइन फ्लुबाट विशिष्ट व्यक्तिहरु पनि विरामी भएका छन्, ती मध्ये प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य सल्लाहकार समेत रहनु भएका अमित शाह पनि हुनुुहन्छ । यही हप्ता विरामी पर्नु भएका शाहलाई अस्पताल भर्ना गरिएको थियो । राजस्थानको जोथपुर जिल्लामा सवै भन्दा धेरै जनाको मृत्यु भएको विवरण छ । त्यहाँ १६ जनाको मृत्यु भएको छ भने २२५ जना विरामी भएका छन् । सरकारी अधिकारीहरुले त्यस क्षेत्रमा भ्रमण नगर्न सल्लाह दिएका छन् ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ९ : ११ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका