२०८२, २४ भाद्र मंगलबार

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो


काठमाडौँ, माघ ४ : अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी छन् ।

राजदूतकै हैसियतमा अस्ट्रेलिया गए पनि शेर्पाले दूतावासमा काम नगर्ने र सामान लिएर फर्केपछि राजीनामा दिने परराष्ट्रका अधिकारीहरूले बताएका छन् । ‘उहाँ दूतावास गई काम गर्नुभएको छैन, क्यानबेरास्थित निवासमै बसेर फर्कने तयारीमा लाग्नुभएको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘केही दिनमा आउनु हुनेछ र राजीनामा दिनु हुनेछ ।’ ती अधिकारीका अनुसार बर्खास्त भएर बेइज्जती खेप्नुभन्दा राजीनामा दिन मन्त्रालयले सुझाएपछि उनी सामान लिन क्यानबेरा गएकी हुन् ।

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ८ : ३१ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा