२०८३, २ आश्विन शनिबार

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो

राजदूत शेर्पालाई परराष्ट्रले फिर्ता बोलायो


काठमाडौँ, माघ ४ : अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर जाने पक्का भएपछि सरसामान लिन मंगलबार पतिसँगै अस्ट्रेलिया गएकी छन् ।

राजदूतकै हैसियतमा अस्ट्रेलिया गए पनि शेर्पाले दूतावासमा काम नगर्ने र सामान लिएर फर्केपछि राजीनामा दिने परराष्ट्रका अधिकारीहरूले बताएका छन् । ‘उहाँ दूतावास गई काम गर्नुभएको छैन, क्यानबेरास्थित निवासमै बसेर फर्कने तयारीमा लाग्नुभएको छ,’ परराष्ट्रका एक अधिकारीले भने, ‘केही दिनमा आउनु हुनेछ र राजीनामा दिनु हुनेछ ।’ ती अधिकारीका अनुसार बर्खास्त भएर बेइज्जती खेप्नुभन्दा राजीनामा दिन मन्त्रालयले सुझाएपछि उनी सामान लिन क्यानबेरा गएकी हुन् ।

प्रकाशित मिति : २०७५, ४ माघ शुक्रबार  ८ : ३१ बजे

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ