२०८२, १२ माघ सोमबार

सङ्घीयता सम्बन्धी कानून तत्काल निर्माण गरिने : मन्त्री ढकाल

सङ्घीयता सम्बन्धी कानून तत्काल निर्माण गरिने : मन्त्री ढकाल


काठमाडौँ, ३ माघ:कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीयता सम्बन्धी कानून जतिसक्दो छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उहाँले भन्नुभयो, “सङ्घीयता सम्बन्धी कानूनलाई समितिमा छलफल गरी छिटो अगाडि बढाउनुपर्छ ।”

मन्त्री ढकालले ऐन संशोधन गर्दा विज्ञलाई समेत राखेर छलफल गर्न जरुरी भएको र गम्भीर प्रकृतिका बाहेक एकै दिनमा पाँच÷छ वटा मन्त्रालयको विधेयकमाथिको छलफल अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । पूर्वसभामुख तथा सांसद सुवास नेम्वाङले छोटो समयमा धेरै विधेयकको काम सम्पन्न गर्नुपर्ने भएकाले कानून निर्माण गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई पनि अनिवार्यरुपमा बैठकमा बोलाउँदा छलफल गर्न सजिलो हुने सुझाव दिनुभयो ।

सांसद देव गुरुङले ५६ वटा ऐन फागुन २१ भित्र संशोधन गर्नुपर्ने र संविधानअनुकूल बनाउन १०९ वटा गरी १६५ वटा विधेयकमाथि छलफल तत्काल अघि बढाउनु जरुरी भएको बताउनुभयो । समितिका सभापति कृष्णभक्त पोखरेलले कानून छिटो कार्यान्वयनको तहमा लैजानका लागि विधेयक माथि छिटो छलफल अघि बढाउने जानकारी दिनुभयो । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको विधेयकमाथि प्रारम्भिक छलफल मात्र भएको हो । समितिका सभापति पोखरेलले आगामी बैठकबाट विषयगतरुपमा छलफल अघि बढाउने जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ७ : १७ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै