२०८३, २ आश्विन शनिबार

सङ्घीयता सम्बन्धी कानून तत्काल निर्माण गरिने : मन्त्री ढकाल

सङ्घीयता सम्बन्धी कानून तत्काल निर्माण गरिने : मन्त्री ढकाल


काठमाडौँ, ३ माघ:कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीयता सम्बन्धी कानून जतिसक्दो छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवाधिकार समितिमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उहाँले भन्नुभयो, “सङ्घीयता सम्बन्धी कानूनलाई समितिमा छलफल गरी छिटो अगाडि बढाउनुपर्छ ।”

मन्त्री ढकालले ऐन संशोधन गर्दा विज्ञलाई समेत राखेर छलफल गर्न जरुरी भएको र गम्भीर प्रकृतिका बाहेक एकै दिनमा पाँच÷छ वटा मन्त्रालयको विधेयकमाथिको छलफल अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । पूर्वसभामुख तथा सांसद सुवास नेम्वाङले छोटो समयमा धेरै विधेयकको काम सम्पन्न गर्नुपर्ने भएकाले कानून निर्माण गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई पनि अनिवार्यरुपमा बैठकमा बोलाउँदा छलफल गर्न सजिलो हुने सुझाव दिनुभयो ।

सांसद देव गुरुङले ५६ वटा ऐन फागुन २१ भित्र संशोधन गर्नुपर्ने र संविधानअनुकूल बनाउन १०९ वटा गरी १६५ वटा विधेयकमाथि छलफल तत्काल अघि बढाउनु जरुरी भएको बताउनुभयो । समितिका सभापति कृष्णभक्त पोखरेलले कानून छिटो कार्यान्वयनको तहमा लैजानका लागि विधेयक माथि छिटो छलफल अघि बढाउने जानकारी दिनुभयो । आजको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको विधेयकमाथि प्रारम्भिक छलफल मात्र भएको हो । समितिका सभापति पोखरेलले आगामी बैठकबाट विषयगतरुपमा छलफल अघि बढाउने जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ माघ बिहीबार  ७ : १७ बजे

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ