२०८३, २४ आश्विन आईतबार

‘ठूला भवन हुँदैमा शिक्षाको गुणस्तर हुन्न’ :मन्त्री पोखरेल

‘ठूला भवन हुँदैमा शिक्षाको गुणस्तर हुन्न’ :मन्त्री पोखरेल


रामेछाप, २ माघ: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भवन राम्रा र ठूला हुँदैमा शिक्षाको गुणस्तर राम्रो नहुने बताउनुभएको छ । दोरम्बा गाउँपालिकामा २१औँ भूकम्प सुरक्षा दिवसका अवसरमा नवनिर्मित भवनको उद्घाटनका क्रममा उहाँले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना बालबालिका निजी विद्यालय पढाउने र अरूका बालबालिका मात्र सरकारी विद्यालयमा पढाउने गर्दा शिक्षामा गुणस्तर नआउने बताउनुभयो ।

उहाँले सो गाउँपालिकास्थित कालिका मावि लखनपुर रिष्ठेको १२ कक्षाकोठा भएको तीनतले, दुई भवन र दुई तले भवन तथा लखनपुरकै थापागाउँमा नवनिर्मित दुई र एक तले ६ कोठे भवनको उद्घाटन गर्नुभएको छ । रिष्ठेमा निर्माण गरिएको भवनको कूल रु आठ करोड ४२ लाख ४२ हजार र थापागाउँमा निर्माण गरिएको भवन रु ६ करोड ५५ लाख ४१ हजार ९४४ को लागतमा निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख हेमन्तकुमार बुढाथोकीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ९ : ४४ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री