२०८२, १३ माघ मंगलबार

‘ठूला भवन हुँदैमा शिक्षाको गुणस्तर हुन्न’ :मन्त्री पोखरेल

‘ठूला भवन हुँदैमा शिक्षाको गुणस्तर हुन्न’ :मन्त्री पोखरेल


रामेछाप, २ माघ: शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भवन राम्रा र ठूला हुँदैमा शिक्षाको गुणस्तर राम्रो नहुने बताउनुभएको छ । दोरम्बा गाउँपालिकामा २१औँ भूकम्प सुरक्षा दिवसका अवसरमा नवनिर्मित भवनको उद्घाटनका क्रममा उहाँले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना बालबालिका निजी विद्यालय पढाउने र अरूका बालबालिका मात्र सरकारी विद्यालयमा पढाउने गर्दा शिक्षामा गुणस्तर नआउने बताउनुभयो ।

उहाँले सो गाउँपालिकास्थित कालिका मावि लखनपुर रिष्ठेको १२ कक्षाकोठा भएको तीनतले, दुई भवन र दुई तले भवन तथा लखनपुरकै थापागाउँमा नवनिर्मित दुई र एक तले ६ कोठे भवनको उद्घाटन गर्नुभएको छ । रिष्ठेमा निर्माण गरिएको भवनको कूल रु आठ करोड ४२ लाख ४२ हजार र थापागाउँमा निर्माण गरिएको भवन रु ६ करोड ५५ लाख ४१ हजार ९४४ को लागतमा निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख हेमन्तकुमार बुढाथोकीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ९ : ४४ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै