२०८२, ७ फाल्गुन बिहीबार

‘डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेका छन्’ : नेता भट्टराई

‘डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेका छन्’ : नेता भट्टराई


इलाम, २ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले इलाममा अनशनरत डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उहाँले डा गोविन्द केसीलाई ‘कम्युनिष्ट फोबिया’को सङ्ज्ञा दिनुभयो ।

नेता भट्टराईले विगतमा डा केसीसँग भएका अधिकांश सम्झौता कार्यान्वयन भएको उल्लेख गर्दै संसद्मा रहेको विधेयक सबै पार्टीसँग लामो समय छलफल भएर समितिबाट पारित भएको बताउनुभयो ।

“राजतन्त्र फ्याँक्ने बेलामा राजा ज्ञानेन्द्रलाई पनि संसद्को निर्णय मान्य भयो भने अहिले डा गोविन्द केसीलाई चाहिँ त्यही संसद्ले गरेको निर्णय किन मान्य हँुदैन ?” उहाँले प्रश्न गर्नुभयो । प्रतिनिधिसभा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयक समितिका सदस्यसमेत रहनुभएका नेता भट्टराईले समितिबाट पारित चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयकको अध्ययन नगरी डा केसी अनशन बस्न इलाम आउनुभएको बताउँदै “तपाईहरू डा गोविन्द केसीलाई तटस्थ व्यक्ति भन्दै हुनुहुन्छ होला तर कदापि त्यो भ्रममा नपर्नु होला भन्नुभयो ।”

“चुनावका बेला चारतारे झण्डा बोकेर हिँड्ने व्यक्ति तटस्थ व्यक्ति हुँदैन”, उहाँले भन्नुभयो, “डा केसीले भनेबमोजिम विधेयकमा उपत्यकाभित्र १० वर्ष मेडिकल कलेज नखोल्ने, मेडिकल कलेज स्थापनाका लागि ३०० श्ययाको र डेण्टल तथा नर्सिङका लागि १०० श्ययाको अस्पताल अनिवार्य र त्यो अस्पताल तीन वर्ष सञ्चालन भएकै हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

‘कालोधनको अनुगमन गर्ने निकाय छन्’
नेकपा नेता भट्टराईले डा केसीको मेडिकल कलेज स्वेत बनाउन खोजेको भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै कालो धनका बारेमा अनुगमन गर्न सम्बन्धित निकाय भएकाले डा केसीले यसबारेमा बोल्नु उचित नभएको धारणा व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ९ : १८ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि