२०८२, २० कार्तिक बुधबार

समृद्धिको यात्रामा धोका हुँदैन : मन्त्री बाँस्कोटा

समृद्धिको यात्रामा धोका हुँदैन : मन्त्री बाँस्कोटा


सिन्धुली, २ माघ: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताले दिएको जनमत खेर नजाने उल्लेख गर्दै समृद्धिको यात्रामा वर्तमान सरकारबाट धोका नहुने बताउनुभएको छ । सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा आयोजित प्रथम फिक्कल महोत्सवको आज उद्घाटन गर्दै उहाँले आगामी पाँच वर्षभित्र मुलक विद्युत्मा आत्मनिर्भर हुने, रेल, नेपाली झण्डासहितको पानी जहाज, इँट्टाभट्टाजस्ता साना उद्योगमा पनि योगदानमा आधारित सामाजिक सुरक्षा लागू हुनेलगायतका कामबाट समृद्धि हासिल हुने जनाउनुभयो ।

उहाँले पर्यटकीय गन्तव्यको विकास, सिँचाइ, बिजुली, शिक्षा, स्वास्थ्य, कृषि, प्रविधिमा सुधार र रोजगारको प्रबन्ध गरेर नयाँ पुस्तालाई समृद्धि हस्तान्तरण गर्ने लक्ष्यमा वर्तमान सरकार इमानदार रुपमा लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई तिहाइको जनमत लिएको वर्तमान सरकारको आलोचनाका गरेर आगामी निर्वाचनमा आफ्नो दुनो सोझ्याउने सपना कसैले नदेखे हुन्छ, हामी निर्वाचनमा व्यक्त गरेका सबै प्रतिबद्धता पूरा गरेरै छाड्नेछ ।”

वृद्धभत्ताको निरन्तरताका साथै तलब खाने हरेक छोराछोरीले निश्चित हिस्सा बाबुआमाको सुरक्षा र संरक्षणका लागि विनियोजन गर्नुपर्ने र यसलाई स्थानीय सरकारले पनि कार्यान्वयन गर्ने प्रबन्ध केन्द्रीय सरकारले गर्ने मन्त्री बाँस्कोटाले उल्लेख गर्नुभयो । हालसम्म १४ गर्भवतीलाई हेलिकप्टरमार्फत मृत्युको मुखबाट जोगाएको जनाउँदै उहाँले नागरिको सुरक्षाका लागि सरकार जिम्मेवार रहेको उहाँको भनाइ थियो । सरकारले चीन, भारत र अमेरिकासँगको सम्बन्धमा नयाँ आयाम विकास, साना किसानको ऋण मिनाहा, वैदेशिक रोजगारमा काम गर्न कानूनी प्रतिरक्षाका लागि प्रतिव्यक्ति रु १५ लाखको व्यवस्था गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

उहाँले आगामी जेठभित्र फिक्कलमा टेलिफोनका टावर निर्माण भई सेवा सञ्चालन गरिने र सुनकोशी विद्यालयमा प्रविधिमा आधारित अध्ययनका लागि आवश्यक कम्युटर उपलब्ध गराउने घोषणा गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा विकास समितिका सभापति कल्याणी खड्काले अहिलेको अवस्थामा पनि कतिपय जनताले सञ्चारको सुविधा नपाउनु दुःखद भएको बताउनुभयो । सिन्धुलीका सांसद गणेश पहाडीले महोत्सवले सडक, विद्यालय, बिजुली र पर्यटन प्रवद्र्धन गर्ने बताउनुभयो ।

ओखलढुङ्गाका सांसद यज्ञराज सुनुवारले कृषि, जडीबुटी, वन र पर्यटन समृद्धिको मूल आधार भएकाले यसका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । महोत्सवमा चर्चित कलाकारको प्रस्तुति हुनेछ भने सिन्धुलीको फिक्कल अवलोकन, सुनकोशीका जलयात्रा, प्याराग्लाइडिङ, सिन्धुली कला घर, स्थानीय कृषि र अन्य उत्पादनको प्रदर्शनी महोत्सवका आकर्षण हुने गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले जानकारी दिनुभयो । करीब एक लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको सो महोत्सव यही माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।
-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ९ : ०६ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज