२०८२, ३ पुस बिहीबार

दुई वर्षमा पुनःनिर्माणको काम सकिन्छ : प्रधानमन्त्री ओली

दुई वर्षमा पुनःनिर्माणको काम सकिन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, २ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षति भएको पुनःनिर्माणको काम सक्ने बताउनुभएको छ । एक्काइसौँ भूकम्प दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँ पुनःनिर्माणको केही ठाउँमा मात्र बाँकी रहेकाले अबको दुई वर्षमा सबै काम सिध्याइने बताउँदै सरकारले भूकम्पबाट क्षति भएका घर, आवास निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको र भूकम्पीय जोखिममा परेका बस्तीलाई अनुकूल ठाउँमा सारिने बताउनुभयो ।

“एकीकृत सुरक्षित सुविधासम्पन्न अस्पताल, पानी बिजुली सबै कुराम हामीले ध्यान दिएर आवास बनाउनेछौँ”, उहाँले भन्नुभयो, “भूकम्प गए पनि जनतालाई सुरक्षित आवास चाँडै प्रदान गर्नेछौँ ।” उहाँले अब भूकम्प गए पनि केही क्षति नहुने गरी सजगता अपनाइएको बताउनुभयो । “भूकम्प दिवसले हामीलाई जोखिम न्यूनीकरण सिकाउने अवसर प्रदान गरेको छ”, उहाँले भन्नुभयो, “भूकम्पबाट हुने क्षति अत्यन्त न्यून गर्नेतर्फ सरकार लागेको छ ।”

उहाँले पुरातत्वको संरचनाको निर्माण ८० प्रतिशतसमेत भइसकेको जानकारी दिँदै भूकम्पबाट क्षति भएका मठ, मन्दिर र कलालाई जस्ताको त्यस्तै बनाउनुपर्ने बताउनुभयो । “हामीले विसं १९९० को भूकम्पअघिको सांस्कृतिक पुरातत्वको मौलिक स्वरुप बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “पुरात्वातिक मठ, मन्दिर हाम्रो इतिहासको गौरवसमेत भएकाले ती पुरातत्वको ठेक्काबाट नभई आफैँ मौलिक संरचनामा बनाउनुपर्दछ ।” प्रधानमन्त्री ओलीले स्थानीय तहको सहयोगमा पुराना सीप, कला जानेको कर्मीबाट ती पुरातत्वको मौलिक संरचना बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले भूकम्पबाट जोगाउनका लागि सरकारले जोखिम न्यूनीकरण कार्यक्रम ल्याएको बताउँदै बाँकी रहेको पुनःनिर्माणको काम सङ्घ, प्रदेश र स्थानीय तह मिलेर गरिने स्पष्ट गर्नुभयो । कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले विपत् न्यूनीकरण गर्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले पनि धेरै स्थानीय तहले भवन आचारसंहिता पालना नगरेको हुनाले पालना गराउनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ६ : २२ बजे

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा

तेस्रो पटक एमाले अध्यक्षका रूपमा केपी ओलीद्वारा शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार निर्वाचित केपी

एमाले महाधिवेशन: अध्यक्षमा केपी शर्मा ओलीको शुरुआती अग्रता

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनको

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,