२०८३, २ आश्विन शनिबार

दुई वर्षमा पुनःनिर्माणको काम सकिन्छ : प्रधानमन्त्री ओली

दुई वर्षमा पुनःनिर्माणको काम सकिन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, २ माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र भूकम्पबाट क्षति भएको पुनःनिर्माणको काम सक्ने बताउनुभएको छ । एक्काइसौँ भूकम्प दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँ पुनःनिर्माणको केही ठाउँमा मात्र बाँकी रहेकाले अबको दुई वर्षमा सबै काम सिध्याइने बताउँदै सरकारले भूकम्पबाट क्षति भएका घर, आवास निर्माणलाई पहिलो प्राथमिकता राखेर काम गरिरहेको र भूकम्पीय जोखिममा परेका बस्तीलाई अनुकूल ठाउँमा सारिने बताउनुभयो ।

“एकीकृत सुरक्षित सुविधासम्पन्न अस्पताल, पानी बिजुली सबै कुराम हामीले ध्यान दिएर आवास बनाउनेछौँ”, उहाँले भन्नुभयो, “भूकम्प गए पनि जनतालाई सुरक्षित आवास चाँडै प्रदान गर्नेछौँ ।” उहाँले अब भूकम्प गए पनि केही क्षति नहुने गरी सजगता अपनाइएको बताउनुभयो । “भूकम्प दिवसले हामीलाई जोखिम न्यूनीकरण सिकाउने अवसर प्रदान गरेको छ”, उहाँले भन्नुभयो, “भूकम्पबाट हुने क्षति अत्यन्त न्यून गर्नेतर्फ सरकार लागेको छ ।”

उहाँले पुरातत्वको संरचनाको निर्माण ८० प्रतिशतसमेत भइसकेको जानकारी दिँदै भूकम्पबाट क्षति भएका मठ, मन्दिर र कलालाई जस्ताको त्यस्तै बनाउनुपर्ने बताउनुभयो । “हामीले विसं १९९० को भूकम्पअघिको सांस्कृतिक पुरातत्वको मौलिक स्वरुप बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “पुरात्वातिक मठ, मन्दिर हाम्रो इतिहासको गौरवसमेत भएकाले ती पुरातत्वको ठेक्काबाट नभई आफैँ मौलिक संरचनामा बनाउनुपर्दछ ।” प्रधानमन्त्री ओलीले स्थानीय तहको सहयोगमा पुराना सीप, कला जानेको कर्मीबाट ती पुरातत्वको मौलिक संरचना बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले भूकम्पबाट जोगाउनका लागि सरकारले जोखिम न्यूनीकरण कार्यक्रम ल्याएको बताउँदै बाँकी रहेको पुनःनिर्माणको काम सङ्घ, प्रदेश र स्थानीय तह मिलेर गरिने स्पष्ट गर्नुभयो । कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले विपत् न्यूनीकरण गर्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले पनि धेरै स्थानीय तहले भवन आचारसंहिता पालना नगरेको हुनाले पालना गराउनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २ माघ बुधबार  ६ : २२ बजे

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो 

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ