२०८२, ७ फाल्गुन बिहीबार

संस्कृतिलाई आर्थिक समृद्धितर्फ रुपान्तरण गर्नुपर्छः मन्त्री बाँस्कोटा

संस्कृतिलाई आर्थिक समृद्धितर्फ रुपान्तरण गर्नुपर्छः मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, १ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न जातजातिका संस्कृतिलाई आर्थिक समृद्धितर्फ रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ । हल्लेउ सङ्क्रान्तिका अवसरमा नेपाल डोने विकास केन्द्रीय समाजद्वारा आज पाँचखालमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “विभिन्न जातजातिका संस्कृतिलाई पर्यटनसँग जोडेर मुलुकको आर्थिक समृद्धितर्फ लानुपर्छ ।”

मन्त्री बाँस्कोटाले भन्नुभयो, “पर्यटकीय क्षेत्रमा विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरी आफ्नो पहिचान दिएर मुलुकको आर्थिक समृद्धितर्फ लाग्नुपर्छ ।” “विभिन्न जातजाति र समुदायको साझा फुलवारीको रुपमा रहेको नेपालमा सबै जातजाति र समुदायबीचमा पारस्परिक सद्भाव र प्रगाढ सम्बन्ध बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “नेपालभित्रका संस्कृति देश÷विदेशमा फल्दाफूल्दा आफ्नो पहिचान स्थापित गर्ने हो, यसका लागि कानूनी लडाइ लड्नुपरे पनि सरकार तयार छ ।”

मन्त्री बाँस्कोटाले नेपालीको सांस्कृतिक पहिचान नै ‘बहुमूल्य धन’ भएको उल्लेख गर्दै “डोने (दनुवार) जाति सोझो मात्रै बन्नुहुन्नँ, तपाईहरु अब सोझो मात्रै नबन्नुस्, तपाईहरुको काम अर्काको भकारी मात्र भर्ने होइन, अब आफ्नो भकारी भरिभराउ पार्नेतर्फ लाग्नुस् भन्नुभयो ।” सबै जातजातिलाई संस्कृति, भाषा, सभा÷सङ्गठन गर्ने तथा न्याय पाउने समान अधिकार भएकाले राज्य कसैप्रति नकारात्मक नबन्ने बताउँदै उहाँले राज्य कुनै जातिप्रति नकारात्मक हुन्नँ र हुनेछैन पनि भन्नुभयो ।

आफ्नो सक्कली संस्कृति तथा लिपी खोजी गर्न डाने समाजलाई उहाँले आग्रह पनि गर्नुभयो । प्रदेश नं ३ का प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले डोने जातिलाई राज्यले हरेक समृद्धिको यात्रामा अगुवा बनाउनेमा कुनै कञ्जुस्याइँ नगर्ने बताउनुभयो । डोने समाजका केन्द्रीय अध्यक्ष राजनकुमार डोनेले नेपालमा हाल तीन लाखको हाराहारीमा डोने (दनुवार) जाति रहेको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ७ : ४९ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि