२०८३, २५ आश्विन सोमबार

जनताको सहभागितामा मात्र समृद्ध नेपाल सम्भव : उपराष्ट्रपति पुन

जनताको सहभागितामा मात्र समृद्ध नेपाल सम्भव : उपराष्ट्रपति पुन


गलकोट, १ माघ :उपराष्ट्रपति नन्दबहादुर पुनले जनताको सहभागितामा मात्र समृद्ध नेपाल निर्माण गर्न सम्भव हुने बताउनुभएको छ । बागलुङ जैमिनी नगरपालिका–१ कुस्मिशेरामा आज सहारा क्लबले आयोजना गरेको प्रथम जैमिनी महोत्सवलाई सम्बोधन गर्दै उहाँले विकास र समृिद्ध अहिलेको राष्ट्रिय एजेण्डा भएकले जनताको प्रत्यक्ष सहभागितामा मात्र त्यो सम्भव हुने बताउनुभयो ।

उपराष्ट्रपति पुनले कालीगण्डकी करिडोर र लोकमार्गले बागलुङको विकासमा ठूलो टेवा पु¥याउने उल्लेख गर्दै यहाँको सडक स्तरोन्नतिका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “समृद्ध जैमिनी निर्माणका लागि कृषिमा आधुनिकीकरण गरेर उत्पादनमा वृद्धि गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “बागलुङको पर्यटन विकासमा सबैको सक्रिय योगदान आवश्यक छ ।”

उपराष्ट्रपति पुनले जिल्लामा रहेका पर्यटकीयस्थलको विकास र विस्तारमा यस्ताखाले मेला, महोत्सवले प्रवद्र्धन गर्ने धारणा व्यक्त गर्नुभयो । माघे सङ्क्रान्तिका अवसरमा जिल्लाको कलासंकृति संरक्षण, खेलकूद विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुस २७ गतेदेखि शुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, दोस्रो जैमिनी डान्स आइडल प्रतियोगिता, भजन प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिनेछ । ‘कलासंकृति तथा खेलकूदको संवद्र्धन, कृषि व्यापार, उद्योग तथा पर्यटनको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवमा ७० भन्दा धेरै व्यापारिक तथा स्थानीय स्टल रहेको क्लबका अध्यक्ष सुरेश सुनारले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  ६ : १२ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम