२०८२, १ आश्विन बुधबार

अनुषा राईको हत्यारालाई जन्मकैद

अनुषा राईको हत्यारालाई जन्मकैद


धरान, १ माघ धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिनुभयो । जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले २२ महीनापछि उक्त मुद्दाको अन्तिम फैसला गरेको हो । अनुषाको २०७३ फागुन १६ गते हत्या गरिएको थियो । बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७५, १ माघ मंगलबार  १२ : ०९ बजे

एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रदान्जली समारोहको आयोजना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जेनजी  आन्दोलनका

आफ्नो देशको समस्या लोकतान्त्रिक बिधी मार्फत देशभित्रैबाट खोजिनुपर्छः मनोजजंग थापा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटियो

काठमाडौं । जेन जी आन्दोलनका क्रममा राजधानीको केन्द्रमा रहेको संसद्

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो डढेको शव, जेनजी आन्दोलनमा मृतक संख्या ७४ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनले निम्त्याएको हिंसा र आगजनीबीच राजधानी काठमाडौंको

आन्दोलनको दबाबमा सभामुखको राजीनामा : राजनीतिक जिम्मेवारी कि नाटकीय भागाभाग ?

हेटौंडा । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जनदबाब र आन्दोलनको