२०८२, २० कार्तिक बुधबार

नेविसङ्घमा धमाधम राजीनामा

नेविसङ्घमा धमाधम राजीनामा


काठमाडौँ, २९ पुस: नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन् । सङ्घको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन् । यस्तै केन्द्रीय सदस्य कल्पना खड्का, सुनिता अधिकारी, भोला नेपाल, पम्फा गान्धारी, शारदा लामा, लिखितेन्द्र श्रेष्ठ, दीपेशराज भण्डारीलगायत ४५ जनाले राजीनामा दिएका छन् । उनीहरुले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समक्ष सामूहिक रुपमा राजीनामा पत्र बुझाएका हुन् ।

सङ्घका अध्यक्ष नैनसिंह महरले महाधिवेशन नगरी आफ्नो पदावधि मात्र लम्ब्याएको, क्याम्पसमा सङ्गठन निर्माण गर्न नसकेकोलगायत आरोप उनीहरुले लगाएका छन् । “जतिपटक म्याद थप गरे पनि महाधिवेशन गराउन नसक्ने ठान्दै सामूहिक राजीनामा दिएका हौँ,” सहमहामन्त्री शर्माले भन्नुभयो । महर नेतृत्वबाट महाधिवेशन सम्भव नभएपछि वर्तमान कार्यसमितिको औचित्य र सान्दर्भिकता सकिएकाले राजीनामा दिनुपरेको शर्माले बताउनुभयो । “विधानअनुसार तदर्थ समिति गठन गरी महाधिवेशन गर्नुपर्छ,” केन्द्रीय सदस्य कल्पना खड्काले भन्नुभयो । यसअघि सङ्घका नौ पदाधिकारीले राजीनामा दिएका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ९ : ३२ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज