२०८३, २४ आश्विन आईतबार

शान्तिसुरक्षा र विकास निर्माणका काम अस्तव्यस्तः नेता निधि

शान्तिसुरक्षा र विकास निर्माणका काम अस्तव्यस्तः नेता निधि


सुर्खेत, २९ पुस :नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नचाहनु, शान्तिसुरक्षा र विकास निर्माणका काम अस्तव्यस्त हुनुले सरकारको असफलतालाई सङ्केत गर्दछ ।” गाउँ, टोल–टोलसम्म पुगेर जनतासँग संवाद गर्न एवं सम्पर्क बढाउन उहाँले निर्देशन दिनुभयो ।

कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर विसीले कम्युनिष्ट पार्टीको सरकारले जनताको चाहना पूरा गर्न नसकेको टिप्पणी गर्नुभयो । नेपाल पे्रस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले सरकारका नकारात्मक गतिविधिलाई निस्तेज पार्न काङ्गे्रस एकजुट हुनुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वस्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, जिल्ला कोषाध्यक्ष अनन्त पौडेल, क्षेत्रीय सभापति खड्क पोखरेल, नारायण कोइराला, लालवीर भण्डारी र ट्रेड युनियन काङ्गे्रसका अध्यक्ष गोपाल गिरिले पनि मुलुकको समसामयिक अवस्थावारे प्रकाश पार्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ९ : २५ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको