२०८२, १५ असार आईतबार

शान्तिसुरक्षा र विकास निर्माणका काम अस्तव्यस्तः नेता निधि

शान्तिसुरक्षा र विकास निर्माणका काम अस्तव्यस्तः नेता निधि


सुर्खेत, २९ पुस :नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नचाहनु, शान्तिसुरक्षा र विकास निर्माणका काम अस्तव्यस्त हुनुले सरकारको असफलतालाई सङ्केत गर्दछ ।” गाउँ, टोल–टोलसम्म पुगेर जनतासँग संवाद गर्न एवं सम्पर्क बढाउन उहाँले निर्देशन दिनुभयो ।

कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर विसीले कम्युनिष्ट पार्टीको सरकारले जनताको चाहना पूरा गर्न नसकेको टिप्पणी गर्नुभयो । नेपाल पे्रस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले सरकारका नकारात्मक गतिविधिलाई निस्तेज पार्न काङ्गे्रस एकजुट हुनुको विकल्प नभएको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वस्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, जिल्ला कोषाध्यक्ष अनन्त पौडेल, क्षेत्रीय सभापति खड्क पोखरेल, नारायण कोइराला, लालवीर भण्डारी र ट्रेड युनियन काङ्गे्रसका अध्यक्ष गोपाल गिरिले पनि मुलुकको समसामयिक अवस्थावारे प्रकाश पार्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ९ : २५ बजे

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ