२०८२, २ श्रावण शुक्रबार

भक्तपुरमा बस टायर चोर्ने काभ्रेका सुरेश सहित पाँच पक्राउ

भक्तपुरमा बस टायर चोर्ने काभ्रेका सुरेश सहित पाँच पक्राउ


भक्तपुर, २९ पुस : महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न गाडीको टायर चोरी गर्ने गिरोहका पक्राउ परेका पाँच जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–९ पलासे स्थायी घर भई हाल काठमाडाँै–३२ जडीबुटी बस्ने ४२ वर्षीय मधु महत, मकवानपुर मनहरि गाउँपालिका–५ घर भई काठमाडौँ थानकोट बस्ने १८ वर्षीय सुनिल आले मगर, काभ्रे बेथानचोक गाउँपालिका घर भई हाल ललितपुर जाउलाखेल बस्ने २० वर्षीय गोविन्द तामाङ, रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल लगनखेल बस्ने २३ वर्षीय तीर्थ लुङ्गेली मगर र काभ्रे रोशी गाउँपालिका–८ बस्ने १९ वर्षीय सुरेश बोहरा रहेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताउनुभयो ।

चोरिएका टायर गाडीमा हालेर बिक्री गर्न लैजानका लागि प्रयोग गरिएको बा.२ख. ३७४७ नंको बससहित चोरिएका १३ थान टायरसमेत प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

प्रहरी उपरीक्षक श्रेष्ठले गत २२ गते भक्तपुर नगरपालिका–२ इँटापास्थित रोशन गाइजुको बडी बिल्डरको ग्यारेजमा बडी बनाउन राखेको नयाँ टायर हराएपछि आएको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा गिरोह नै पक्राउ परेको उल्लेख गर्दै उक्त गिरोहले अन्य टायर पनि चोरी गरेको खुल्न आएकाले थप अनुसन्धान जारी रहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २९ पुस आईतबार  ९ : ०४ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै