२०८३, २४ आश्विन आईतबार

सरकार सुशासन कायम गर्न प्रतिबद्ध छ : मन्त्री बस्नेत

सरकार सुशासन कायम गर्न प्रतिबद्ध छ : मन्त्री बस्नेत


गोरखा, २८ पुस: गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले वर्तमान सरकार भ्रष्टाचारको अन्त्य गरेर सुशासन कायम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । गोरखा नगरपालिका–१० मा आज नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “दुई तिहाइको सरकार बन्नेबित्तिकै तत्काल सवै कुरा फेरिहाल्छ भनेर सोच्नु हँुदैन, परिवर्तनका लागि केही समय लाग्छ, धैर्य गर्न सक्नुपर्छ ।”

नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री बस्नेतले निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई सरकारमा पुगेर नभुलेको चर्चा गर्दै पार्टीको चुनावी घोषणापत्रलाई टेकेर देशमा विकासको लहर ल्याउने धारणा व्यक्त गर्नुभयो । “अघिल्लोपटक बजेट ल्याउँदा कतिपय कमीकमजोरी भएका होलान्”, उहाँले भन्नुभयो, “प्रदेश सरकार पनि आफ्नो अधिकार क्षेत्र स्पष्ट नहुँदा केही समस्या भएकै हुन् तर आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटमा कुनै कमीकमजोरी हुन दिने छैनाँै ।”

मन्त्री बस्नेतले प्रदेश सरकारले सडक, बिजुली खानेपानी, शिक्षा, स्वास्थ, कृषि पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै आर्थिक परिवर्तनका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । “हामी कृषि प्रधान देशका नागरिक हौँ तर अझै पनि हामी आफूले उत्पादन गरेर होइन, खाद्यवस्तु विदेशबाट आयात गर्छौं भनेर कसरी समृद्धिको सपना पूरा हुन सक्छ”, उहाँले प्रश्न गर्नुभयो । मन्त्री बस्नेतले गण्डकी प्रदेश सरकारले व्यावसायिक खेती गर्ने कृषकका लागि विशेष अनुदानको व्यवस्था गरेको भए पनि कृषकले त्यसबाट फाइदा लिन नसकेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ७ : ५३ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको