२०८३, २४ आश्विन आईतबार

एकत्रित पूँजीद्वारा उत्पादन : मन्त्री बाँस्कोटा

एकत्रित पूँजीद्वारा उत्पादन : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, २८ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न क्षेत्रमा छरिएका पूँजीलाई एकत्रित गरी उत्पादनमा लगानी गरिने बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका–१२ सान्डीबेंसीस्थित ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाको २०औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले राजकीय, निजी र जनताको सामूहिक पूँजीलाई एकत्रित गरी उत्पादनमा लगानी गर्नेमा जोड दिनुभयो ।

उहाँले जिल्ला तहका सहकारी संरचनालाई स्थानीय तहमा पठाइन लागेकाले उब्जिएका केही सङ्क्रमणकालीन समस्यालाई विस्तारै हल गर्दै जाने बताउनुभयो । मन्त्री बाँस्कोटाले सहकारी क्षेत्र सरकारको तीनखम्बे अर्थनीतिमध्ये एउटा खम्बा भएकाले सबै क्षेत्रका पूँजीलाई एकीकृत गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताउनुभयो ।

उहाँले सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिइने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय पूँजीको तीन वटा आधार मानेर समृद्ध नेपाल अभियानमा सहकारी क्षेत्र उच्च प्राथिमिकतामै पर्दछ ।” उहाँले कृषि तथा उद्यमशीलतामा आधारित सहकारीले समाजमा राम्रो योगदान गरेको चर्चा गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण तिमल्सिनाले ७४७ शेयर सदस्य रहेको सहकारीमा रु दुई करोड ११ लाख ९२ हजार ५९८ बचत भएको र रु दुई करोड ४७ लाख ३८ हजार ८१० लगानी गरिएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ६ : ४९ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको