२०८२, १२ माघ सोमबार

एकत्रित पूँजीद्वारा उत्पादन : मन्त्री बाँस्कोटा

एकत्रित पूँजीद्वारा उत्पादन : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, २८ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विभिन्न क्षेत्रमा छरिएका पूँजीलाई एकत्रित गरी उत्पादनमा लगानी गरिने बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिका–१२ सान्डीबेंसीस्थित ज्याम्दी बचत तथा ऋण सहकारी संस्थाको २०औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले राजकीय, निजी र जनताको सामूहिक पूँजीलाई एकत्रित गरी उत्पादनमा लगानी गर्नेमा जोड दिनुभयो ।

उहाँले जिल्ला तहका सहकारी संरचनालाई स्थानीय तहमा पठाइन लागेकाले उब्जिएका केही सङ्क्रमणकालीन समस्यालाई विस्तारै हल गर्दै जाने बताउनुभयो । मन्त्री बाँस्कोटाले सहकारी क्षेत्र सरकारको तीनखम्बे अर्थनीतिमध्ये एउटा खम्बा भएकाले सबै क्षेत्रका पूँजीलाई एकीकृत गरी उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताउनुभयो ।

उहाँले सहकारी क्षेत्रलाई उच्च प्राथमिकता दिइने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय पूँजीको तीन वटा आधार मानेर समृद्ध नेपाल अभियानमा सहकारी क्षेत्र उच्च प्राथिमिकतामै पर्दछ ।” उहाँले कृषि तथा उद्यमशीलतामा आधारित सहकारीले समाजमा राम्रो योगदान गरेको चर्चा गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष रामकृष्ण तिमल्सिनाले ७४७ शेयर सदस्य रहेको सहकारीमा रु दुई करोड ११ लाख ९२ हजार ५९८ बचत भएको र रु दुई करोड ४७ लाख ३८ हजार ८१० लगानी गरिएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ पुस शनिबार  ६ : ४९ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै