२०८२, २४ भाद्र मंगलबार

मन्त्री यादव मुम्बई प्रस्थान

मन्त्री यादव मुम्बई प्रस्थान


काठमाडौँ, २७ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव भोलि शनिबार र पर्सी आइतबार भारतको आर्थिक राजधानी मुम्बईमा कन्फेडेरेशन अफ इण्डियन इण्डष्ट्रिज (सिआइआई) ले आयोजना गर्ने २५ औँ साझेदारी सम्मेलनमा भाग लिने तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभयो ।

भारत सरकारको औद्योगिक नीति तथा प्रवद्र्धन विभाग र महाराष्ट्र प्रान्तीय सरकारसँगको सहकार्यमा आयोजित उक्त सम्मेलन ‘नयाँ समझदारीको विकासबाट नयाँ लगानीका अवसर पहिचान’.केन्द्रित हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा नवीकरणीय लगानी प्रवद्र्धन ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, आर्थिक उन्नयनमा नवीनतम प्रविधिको प्रयोग, कृषि तथा खाद्य प्रशोधन, स्वास्थ्य सेवाबारे गहन विचारविमर्श हुनेछ । निजी क्षेत्रबाट सम्मेलनमा भागलिन नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको अर्को टोली पनि आजै अपराह्न मुम्बईतर्फ प्रस्थान गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ७ : ३२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा