२०८२, १२ माघ सोमबार

अन्ततः फुट्यो विवेकशील साझा पार्टी

अन्ततः फुट्यो विवेकशील साझा पार्टी


काठमाडौँ, २७ पुस : आन्तरिक विवादका कारण अन्ततः विवेकशील साझा पार्टी फुटेको छ । पार्टीका एक संयोजक उज्ज्वल थापालगायतले नयाँ दल दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार निवेदनमा नयाँ पार्टीको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ ।

यस्तै केन्द्रीय समितिको ४० प्रतिशत विवेकशील साझाबाट अलग्गिन चाहेको पनि निवेदनमा उल्लेख गरिएको आयोगले जनाएको छ । उज्जल थापासँगै रञ्जु दर्शना, मिलन पाण्डे, प्रदेश ३ का सांसद विराज भट्ट, प्रदेश ३ कै सांसद रमेश पौडेल, सुबुना बस्नेत, डाक्टर अनुषा थापालगायतका नेताहरु निर्वाचन आयोग पुगेका हुन । केही समय अघिदेखि विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र उज्ज्वल थापाबीच मतभेद बढेको खबर सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २०७५, २७ पुस शुक्रबार  ६ : २१ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै