२०८२, ९ माघ शुक्रबार

महोत्सव पैसा आर्जन गर्ने माध्यम बन्नुहुँदैन : मन्त्री गुरुङ

महोत्सव पैसा आर्जन गर्ने माध्यम बन्नुहुँदैन : मन्त्री गुरुङ


दमौली, २६ पुस : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पैसा आर्जन गर्नका लागि मात्रै मेला महोत्सव आयोजना गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ शुक्लागण्डकीको आयोजनामा आजदेखि खैरेनीटारमा शुरु प्रथम जनजाति सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले जिल्लामा आयोजना हुने गरेका मेला महोत्सवबाट आर्जन भएको रकम सही ठाउँमा परिचालन नभएको गुनासो आउने गरेको बताउँदै भन्नुभयो, “पैसा कमाउनका लागि मात्रै महोत्सव गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।”

उहाँले आदिवासी जनजातिको सङ्ग्रहालय स्थापना हुन सके यो जातिको बारेमा धेरैले बुझ्न र अध्ययन गर्न सक्छन् भन्दै संस्कृतिलाई उत्पादनसँग जोड्न आवश्यक रहेकामा जोड दिनुभयो । नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष जगत बरामले आदिवासी जनजातिको अधिकार स्थापित गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । महोत्सव मूल समारोह समितिका संयोजक विमल जिसीले आदिवासी जनजाति सङ्ग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा १०० कक्ष छन् । महोत्सवमा आउने दर्शकलाई आकर्षण गर्न रोटे पिङ र काठे पिङको समेत व्यवस्था गरिएको छ । महोत्सवमा छेलो हान्ने, डोरी तान्ने र भलिबल प्रतियोगितासमेत हुने आयोजकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २६ पुस बिहीबार  ९ : १३ बजे

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको