२०८२, १५ असार आईतबार

काभ्रेका सांसद वमध्वजको कार्यशैलीप्रति सांसद नवीनाको आपत्ति !

काभ्रेका सांसद वमध्वजको कार्यशैलीप्रति सांसद नवीनाको आपत्ति !


काडमाडौं २५ पुस : नेकपाबाट निर्वाचित संघीय प्रतिनिधि सभाका सांसद गंगाबहादुर दोङ ‘वमध्वज’ को कार्यशैलीप्रति सांसद नवीना लामाले तीब्र आपत्ति जनाएकी छिन् ।

काभ्रेको संघीय प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद दोङको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट सांसद नवीना लामाले तेमालमा तामाङ संग्राहलयका लागि ६० लाखको प्रस्ताव गरेकी थिइन् । तर सांसद दोङले आफूखुसी ५० लाख मात्रै विनियोजन गरेपछि उनले यस्तो आपत्ति प्रकट गरेकी हुन् ।

बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सांसद बमध्वजको कार्यशैलीप्रति कटाक्ष गर्दै कार्यकर्ता र जनताको भावनाको कुठाराघात गरेको आरोप लगाएकी छिन्, ‘उनले सञ्जालमार्फत भनेकी छिन्, ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट मेरो प्रस्तावमा ६० लाख रुपैयाँ तेमालमा तामाङ संग्रहालय निर्माणको लागि हाल्न भनेकी थिएँ । हाम्रो आदरणीय कामरेड़हरूले आफ्नो गोजीको पैसा हालेको जस्तो गरेर प्रचार गर्न थलेको देखेर मलाई हाँसो पो लग्यो !यसरी सुटुक्क खास ईन्ट्रेस्ट मिल्ने मान्छेको टीम गएर मात्र कसरी संग्रहालय निर्माण हुन्छ साथी हो ? विकास त सबै पार्टी प्रतिनीधी र जनता मिलेर सबैको सल्लाह, सुझाव छलफल अनि बैठक गरेर अगी वड़ने हो ! तपाईहरूले ठेक्का लिएको त होईंन होला नी !!! काभ्रेको क्षेत्र न १ को आदरणीय नेता साथीहरूलाई लोकतन्त्रको मूल्य र मन्यताको क्लास दिनु पर्ने अवस्था पो देखियो !!!’

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  १० : ३४ बजे

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ