२०८३, ३१ जेष्ठ सोमबार

फागुन मसान्तभित्र सबै कानून बन्छ : उपप्रधानमन्त्री पोखरेल

फागुन मसान्तभित्र सबै कानून बन्छ : उपप्रधानमन्त्री पोखरेल


लहान, २५ पुस: उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले फागुन मसान्तभित्र आवश्यक सम्पूर्ण कानूनहरु बनाएर विकास निर्माणका कामलाई तीव्र गति दिने बताउनुभएको छ । सिरहाको कर्जन्हा नगरपालिका–५ स्थित बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको २९औँ स्मृति सभामा उहाँले आवश्यक कानूनको अभावमा सरकारले अपेक्षाकृत काम गर्न नसकेको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले आफ्नो पार्टी नेतृत्वको वर्तमान सरकारले चुनावी घोषणापत्रलाई कार्यान्वय गरी मुलुकलाई समृद्ध मुलुक बनाउने उल्लेख गर्नुभयो ।

समाजिक सुरक्षाभत्ता पाँच हजार बनाउने प्रतिबद्धता सरकारले पूरा गर्ने दाबी गर्नुहुँदै उपप्रधानमन्त्री पोखरेलले कमला सुनकोशी डाइभर्सन र सुनकोशी मरिन डाइभर्सनको कामलाई अगाडि बढाएर तराइको उर्वर जमीनमा सिँचाइ गरेर किसानलाई खुशहाली दिने उद्घोष गर्नुभयो । अङ्गीकृत नागरिकता बाँडेर नेपाली जनतालाई नै अल्पमतमा पार्ने पक्षमा आफूहरु नरहेको बताउँदै उहाँले भन्नुभयो, “अङ्गीकृत नागरिकताको भेलबाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौँ तर विदेशी बुहारीलाई भने अङ्गीकृत नागरिकता दिने निर्णय सरकारले गरिसकेका छ ।”

तराईमा अधिकांशले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथली भाषालाई नै सरकारी कामकाजको भाषा बनाउन सुझाब दिनुहुँदै उहाँले प्रदेश नं २ मा हिन्दी भाषालाई प्रवेश गराएर आफूहरुले नमान्ने स्पष्ट पार्नुभयो । सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधानमा आवश्यक परिमार्जन गर्दै आर्थिक रुपमा मुलुकलाई समृद्ध बनाउने बताउनुभयो । कम्युनिष्ट सरकारले नै देश समृद्ध बनाउने उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “अहिलेकै सरकारले नेपाललाई समृद्ध बनाउँछ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दै खराब कामहरुको आलोचनात्मक ढङ्गले विरोध गर्नुपर्ने हुन्छ ।”

नेताहरुबीचको मतभेदको कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको हुनसक्ने बताउँदै प्रवक्ता श्रेष्ठले सरकार परिवर्तको कुनै सम्भावना नभएकाले प्रधानमन्त्री केपी ओली नेतृत्वले नै पाँच वर्ष सरकार चलाउने स्पष्ट पार्नुभयो । राष्ट्रिय अखण्डतालाई टुक्र्याउन खोज्ने, देशलाई बिखण्डन गर्न खोज्ने कुनै पनि तत्व र शक्ति सह्य नहुने उहाँले बताउनुभयो । सभालाई नेकपाका प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डल, सहइञ्चार्ज विश्वनाथ साह, प्रदेश अध्यक्ष प्रभु साह लगायतले सरकार विकास र समृद्धिको बाटोमा लागेको बताउनुभएको थियो । किसान आन्दोलनका नेता जयगोविन्द साहको २०४६ साल पुस २५ गते भारतको जयनगरमा निधन भएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ८ : ५० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क