२०८२, २६ भाद्र बिहीबार

जडीबुटीको व्यवसायीकरण आवश्यक : मन्त्री बस्नेत

जडीबुटीको व्यवसायीकरण आवश्यक : मन्त्री बस्नेत


काठमाडौँ, २५ पुस : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय जनताको जीवनस्तर उठाउन जडीबुटीको व्यवसायीकरण आवश्यक रहेको बताउनुभएको छ । वनस्पति विभागद्वारा आज यहाँ आयोजित ‘कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले जडीबुटीको व्यवसायीकरणबाटै रोजगारी सिर्जना तथा आयआर्जनमा वृद्धि, गरीबी निवारण र मुलुकको समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, “नेपालमा जडीबुटी ठूलो सम्भावना भएको क्षेत्र हो, जडीबुटीको उत्पादन बिक्रीका लागि दुई ठूला छिमेकी र अन्तर्राष्ट्रियस्तरमा ठूलो बजार छ ।” जडीबुटीको क्षेत्रमा थप अनुसन्धान र स्थानीय जनतामा पनि सचेतनाको आवश्यकता रहेको उहाँको भनाइ थियो । विभागले बजारको मागको स्थिति पहिल्याएर जडीबुटीको निरन्तर आपूर्तिका लागि खेती वा वनजङ्गलबाट तथा दुबैबाट आपूर्तिको व्यवस्था मिलाउन कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारणको प्रस्ताव तयार गरेको हो । विभिन्न अध्ययनका आधारमा सो क्षेत्रमा अतिस, कुट्की, जटामसी, टिमुर र काउलो प्रजातिका जडीबुटी छनोट गरी खेती हुने सम्भावित स्थानको समेत निर्धारण गरिएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने हिमाल र हिमाली जडीबुटीलाई ब्राण्डिङ गर्नुपर्ने बताउँदै यस क्षेत्रमा हालसम्म भएका अध्ययन र नीतिलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले जडीबुटी क्षेत्रको व्यावसायिकताका लागि जनशक्ति र संरचनागत विकासको आवश्यकता रहेको बताउनुभयो । विभागका महानिर्देशक सञ्जीवकुमार राईले जडीबुटीको धेरै उत्पादन भएको क्षेत्र भएकाले पहिलो चरणमा नमूना परियोजनाका रुपमा कर्णाली प्रदेशमा कार्यक्रम अघि बढाइएकोे र यसपछि क्रमशः सबै प्रदेशमा परियोजना अघि बढाइने जानकारी दिनुभयो ।

कार्यक्रममा उपमहानिर्देशक मोहनदेव जोशीले कर्णाली प्रदेशमा जडीबुटी क्षेत्र निर्धारणसम्बन्धी, जडीबुटी विज्ञ डा भीष्म सुवेदीले नेपालमा जडीबुटीमा आधारित उद्यमशीलताको अवस्था र अर्का विज्ञ दीपेश प्याकुरेलले जडीबुटी व्यापारको विद्यमान अवस्थाका बारेमा प्रस्तुति दिनुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : ३० बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा