२०८३, २ आश्विन शनिबार

शिक्षा रोजगारमूलक हुनुपर्छ : मन्त्री गुरुङ

शिक्षा रोजगारमूलक हुनुपर्छ : मन्त्री गुरुङ


दमौली, २५ पुस: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अबको शिक्षा रोजगारमूलक हुनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित हिमालय माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उहाँले भन्नुभयो, “डिग्री पास गरेका युवा रोजगारी नपाएर विदेशिनुपरेको अवस्थाको अन्त्यका लागि अब रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ ।”

मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको जानकारी पनि दिनुभयो । भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालले यस क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तरका लागि नगरपालिकाले योजना बनाएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ शर्मा ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भिमाद नगरपालिका–९ का वडाअध्यक्ष इमान थापा, ७ का वडाअध्यक्ष बुद्धिमान श्रेष्ठ लगायतले मुलुकको विकास र समृद्धिका लागि शिक्षाको योगदानको विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ पुस बुधबार  ७ : १६ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै