२०८३, २ आश्विन शनिबार

भाषा र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो : सभामुख महरा

भाषा र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो : सभामुख महरा


लेखनाथ, २४ पुस :सभामुख कृष्णबहादुर महराले भाषा र संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको भएको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा ङ्योए तमु धि लेखनाथले आज यहाँ आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले ती सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो ।”

सभामुख महराले आफ्नो मौलिक संस्कृति र जातीय पहिचानका लागि जातजातिका बीच सङ्गठित हुनु आवश्यक रहेको उल्लेख गर्दै एकले अर्कालाई सम्मान गर्ने र सहकार्यको माध्यमबाट अगाडि बढ्ने परिपाटीको विकासले मात्र हाम्रो मौलिक भाषा र संस्कृतिको संरक्षण हुन्छ भन्नुभयो । भारतीय दूतावासका डा अजय कुमारले नेपाल र भारतबीच युगौदेखि चलिआएको सम्बन्धलाई आगामी दिनमा अझ बढी सबल, सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिदैं खानेपानी, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत नेपालको समग्र विकासमा भारत सरकार सहयोगी मित्रको भूमिकामा रहेको बताउनुभयो ।

ङ्योए तमु धि लेखनाथका अध्यक्ष मनबहादुर गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल भारत मैत्री सङ्घका अध्यक्ष प्रेम लस्करी, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, तमु धि कास्कीका अध्यक्ष कर्मा गुरुङलगायतले तमु ल्होसारका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ पुस मंगलबार  ७ : ४० बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै