२०८२, १३ माघ मंगलबार

भाषा र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो : सभामुख महरा

भाषा र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो : सभामुख महरा


लेखनाथ, २४ पुस :सभामुख कृष्णबहादुर महराले भाषा र संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको भएको बताउनुभएको छ । तमु ल्होसारका अवसरमा ङ्योए तमु धि लेखनाथले आज यहाँ आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकाले ती सबै भाषा, धर्म र संस्कृतिको संरक्षण गर्नु राज्यको दायित्व हो ।”

सभामुख महराले आफ्नो मौलिक संस्कृति र जातीय पहिचानका लागि जातजातिका बीच सङ्गठित हुनु आवश्यक रहेको उल्लेख गर्दै एकले अर्कालाई सम्मान गर्ने र सहकार्यको माध्यमबाट अगाडि बढ्ने परिपाटीको विकासले मात्र हाम्रो मौलिक भाषा र संस्कृतिको संरक्षण हुन्छ भन्नुभयो । भारतीय दूतावासका डा अजय कुमारले नेपाल र भारतबीच युगौदेखि चलिआएको सम्बन्धलाई आगामी दिनमा अझ बढी सबल, सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिदैं खानेपानी, शिक्षा, स्वास्थ्य, प्रविधिलगायत नेपालको समग्र विकासमा भारत सरकार सहयोगी मित्रको भूमिकामा रहेको बताउनुभयो ।

ङ्योए तमु धि लेखनाथका अध्यक्ष मनबहादुर गुरुङको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल भारत मैत्री सङ्घका अध्यक्ष प्रेम लस्करी, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, तमु धि कास्कीका अध्यक्ष कर्मा गुरुङलगायतले तमु ल्होसारका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २४ पुस मंगलबार  ७ : ४० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै