२०८३, २४ आश्विन आईतबार

जनताले नेतृत्व परिवर्तन चाहेका छन् : महामन्त्री डा कोइराला

जनताले नेतृत्व परिवर्तन चाहेका छन् : महामन्त्री डा कोइराला


चितवन, २१ पुस :  नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै उहाँले पार्टीलाई एक बनाएर लैजानका लागि नेतृत्वमा परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

आफूले पटकपटक सभापतिलाई पार्टी एक ढिक्का बनाउन आग्रह गरेको बताउँदै उहाँले पार्टी गुट उपगुटले ध्वस्त भएको बताउनुभयो । यो गुट उपगुटको अन्त्य सभापतिकै नेतृत्वबाट हुनुपर्ने उहाँको भनाइ थियो ।

आउँदो निर्वाचनसम्म पार्टीलाई एक ढिक्का बनाएर लैजान सकेमा नेपाली काङ्ग्रेसलाई कसैले जित्न नसक्ने उहाँको भनाइ थियो । अहिले आम नेतृत्वले काङ्ग्रेसलाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयमा सोच्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

यस्तै अर्का नेता महेश आचार्यले पार्टीभित्रको अन्तरघातका कारण काङ्ग्रेस कमजोर बनेको बताउनुभयो । पार्टीलाई चलायमान बनाउनका लागि तत्काल सङ्घीयताको आधारमा पार्टी संरचना निर्माण गर्नु आवश्यक रहेको आचार्यले बताउनुभयो ।

नेपाली काङ्ग्रेसका नेता धनराज गुरुङले नेपाली काङ्ग्रेस आफ्नो दृष्टिकोणका साथ बदलिनु आवश्यक रहेको बताउनुभयो । पार्टीलाई चलायमान बनाउन लागि नेतृत्व सदाचारको बाटोमा हिड्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

सो अवसरमा काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरे, कोषाध्यक्ष शिब वराल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा कृयाशिल जेष्ठ सदस्य १० जना र पार्टीलाई विभिन्न समयमा सहयोग पु¥याउने पाँच जनालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : ४७ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको