२०८३, १० भाद्र बिहीबार

बिपी स्मृति अस्पतालले आम जनताको मन जित्न सक्नुपर्छ : पूर्वराष्ट्रपति

बिपी स्मृति अस्पतालले आम जनताको मन जित्न सक्नुपर्छ : पूर्वराष्ट्रपति


काठमाडौँ, २१ पुस पूर्वराष्ट्रपति डा रामवरण यादवले क्रान्ति नायक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा सञ्चालित अस्पतालले सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रधान गरी आम जनताको मन जित्न सक्नुपर्ने बताउनुभएको छ ।

वसुन्धारास्थित बिपी स्मृति अस्पतालको ११औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले विभिन्न विधाका विशेषज्ञ चिकित्सकसहित अत्याधुनिक नयाँ उपकरणको व्यवस्था गरी सर्वसुलभ गुणस्तरीय एवं विश्वसनीय सेवा प्रदान गर्न अस्पताल सफल हुने विश्वास गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले देशकै मूर्धन्य राजनेताको नाममा स्थापित अस्पताललाई सेवामुखी एवं परोपकारी भावनाले आम जनताको पहुँचभित्र रहने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वस्वास्थ्यमन्त्रीद्वय अर्जुननरसिंह केसी र विपिन कोइरालाले स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसङ्गतिका माझ सेवा प्रवाहका हिसाबले नमूना अस्पतालका रुपमा विकास गर्न बिपीस्मृति अस्पताल सफल हुने विश्वास गर्नुभयो ।

अस्पतालका अध्यक्ष डा केदारनरसिंह केसीले गरीब एवं विपन्न वर्गकोसमेत पहुँच पुग्ने गरी गुणस्तरीय एवं विश्वसनीय सेवा प्रदान गरेको अस्पतालले गत एक वर्षमा करीब रु ८० हजार बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको जानकारी दिनुभयो ।

सो अस्पतालले काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरसहित विभिन्न पाँच स्थान, रामेछाप, नुवाकोट दरबार र काभ्रेपलाञ्चोकको पाँचखालमा स्वास्थ्य शिविर सञ्चालन गरेको र स्वास्थ्य सहायक तथा स्टाफ नर्स गरी ५०० स्वास्थ्यकर्मी उत्पादन गरेको जनाएको छ ।

यस वर्ष पनि देशका विभिन्न स्थानमा स्वास्थ्य सेवा सञ्चालन गर्ने, प्रदेशस्तरमा स्याटलाइट सेवाकेन्द्र विस्तार गर्ने, न्यूरो सर्जरी विभाग खडा गरी सिटिस्क्यान र एमआरआई मेशिनको व्यवस्था गर्ने र प्राविधिक तथा व्यावसायिक शिक्षा परिसर (सिटिइभिटी) बाट थप कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको अध्यक्ष डा केसीले जानकारी दिनुभयो ।

हाल सो अस्पतालको शेयर पूँजी रु सात करोड नौ लाख र स्थिर सम्पत्ति रु १८ करोड ८८ लाख ५५ हजार रहेको अस्पतालका कोषाध्यक्ष प्रेमकुमार उलकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : ४३ बजे

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले भोटेकोशी

रसुवा बाढीमा १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको बाढीमा परी मृत्यु भएकामध्ये विभिन्न आठ

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । बाढीका कारण अवरुद्ध काठमाडौं-मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार

रसुवा बाढी अपडेट: २८ प्रहरी बेपत्ता, १६२ शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र

भोटेकोशी बाढीबारे रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट