२०८२, १३ माघ मंगलबार

सामाजिक न्यायसहितको आर्थिक विकास : मन्त्री बाँस्कोटा

सामाजिक न्यायसहितको आर्थिक विकास : मन्त्री बाँस्कोटा


काठमाडौँ २१ पुस सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक न्यायसहितको आर्थिक विकास गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

नेपाल कुरियर सेवा सङ्घको २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामीले खोजेको राजनीतिक परिवर्तन मात्रै होइन, सुख र समृद्धिसहितको आर्थिक सामाजिक परिवर्तन हो ।”

मन्त्री बाँस्कोटाले सरकारले आमसञ्चार क्षेत्रको कानून निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिँदै त्यसबारेमा सकारात्मक सल्लाह, सुझाव दिन आग्रह गर्नुभयो । सरकारले हुलाक सेवालाई प्राधिकरणको मोडलमा अगाडि बढाउने उहाँको भनाइ छ ।

साधारणसभाले गोविन्द ढुङ्गेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिसमेत निर्वाचित गरेको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा देवेन्द्र खड्का, उपाध्यक्षमा दुर्गाप्रसाद सुवेदी, उपाध्यक्ष मनोनीत अनिल राजभण्डारी, महासचिवमा सञ्जय मण्डल, कोषाध्यक्षमा राजकुमार सामरी र सचिव मनोनीत मा तीलराज खतिवडा हुनुहुन्छ ।

त्यसैगरी सदस्यमा कृष्णप्रसाद नेपाल, ईश्वरीप्रसाद मरहठा, कुमारप्रसाद उप्रेती, नीरञ्जन थापा, टङ्कमणि खरेल, निर्मल राठी र किरण थापा निर्वाचित हुनुभएको छ । सोही अवसरमा नवनिर्वाचित अध्यक्ष ढुङ्गेलले विभिन्न समयमा राजश्व अनुसन्धान विभागले कुरियर व्यवसायीलाई लक्षित गरी दुःख दिँदै आएको भन्दै गुनासो गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : ३५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै