२०८३, २ आश्विन शनिबार

सामाजिक न्यायसहितको आर्थिक विकास : मन्त्री बाँस्कोटा

सामाजिक न्यायसहितको आर्थिक विकास : मन्त्री बाँस्कोटा


काठमाडौँ २१ पुस सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक न्यायसहितको आर्थिक विकास गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

नेपाल कुरियर सेवा सङ्घको २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामीले खोजेको राजनीतिक परिवर्तन मात्रै होइन, सुख र समृद्धिसहितको आर्थिक सामाजिक परिवर्तन हो ।”

मन्त्री बाँस्कोटाले सरकारले आमसञ्चार क्षेत्रको कानून निर्माण गर्ने तयारी गरिरहेको जानकारी दिँदै त्यसबारेमा सकारात्मक सल्लाह, सुझाव दिन आग्रह गर्नुभयो । सरकारले हुलाक सेवालाई प्राधिकरणको मोडलमा अगाडि बढाउने उहाँको भनाइ छ ।

साधारणसभाले गोविन्द ढुङ्गेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिसमेत निर्वाचित गरेको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा देवेन्द्र खड्का, उपाध्यक्षमा दुर्गाप्रसाद सुवेदी, उपाध्यक्ष मनोनीत अनिल राजभण्डारी, महासचिवमा सञ्जय मण्डल, कोषाध्यक्षमा राजकुमार सामरी र सचिव मनोनीत मा तीलराज खतिवडा हुनुहुन्छ ।

त्यसैगरी सदस्यमा कृष्णप्रसाद नेपाल, ईश्वरीप्रसाद मरहठा, कुमारप्रसाद उप्रेती, नीरञ्जन थापा, टङ्कमणि खरेल, निर्मल राठी र किरण थापा निर्वाचित हुनुभएको छ । सोही अवसरमा नवनिर्वाचित अध्यक्ष ढुङ्गेलले विभिन्न समयमा राजश्व अनुसन्धान विभागले कुरियर व्यवसायीलाई लक्षित गरी दुःख दिँदै आएको भन्दै गुनासो गर्नुभयो ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : ३५ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै