२०८२, २७ पुस आईतबार

काभ्रेको पाँचखालमा ‘चिस्यान केन्द्र निर्माण गरिने’ मुख्यमन्त्री पौडेल

काभ्रेको पाँचखालमा ‘चिस्यान केन्द्र निर्माण गरिने’ मुख्यमन्त्री पौडेल


काभ्रेपलाञ्चोक २१ पुस :  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रत्येक जिल्लामा चिस्यान केन्द्र निर्माण गरिने बताउनुभएको छ ।

पाँचखाल नगरपालिका–४ तामाघाटस्थित आर्थिक बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन एवं १२औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री पौडेलले भन्नुभयो, “ प्रदेश नं ३ का प्रत्येक जिल्लाका कोल्ड स्टोरेज निर्माण गर्छौं, जसबाट कृषकले आफ्ना उत्पादन एवं बीउविजन सुरक्षित राख्न सक्नुहुन्छ ।”

उहाँले चिस्यान केन्द्र निर्माणका लागि प्रत्येक जिल्लालाई रु चार करोड बजेट विनियोजन गरिने बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निर्माण गर्ने चिस्यान केन्द्रका लागि सहकारी साझेदारी बन्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीको काम बचत र ऋण मात्रै हैन, एक अर्काबीच सहकार्य गर्ने पनि हो, चिस्यान केन्द्रमा साझेदारी बन्नुहोस् ।”

मुख्यमन्त्री पौडेलले नाङ्लो पसलजस्तै खुलेका सहकारीबीच एकीकरण हुनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा ३७ हजार सहकारी छन्, क्वालिटीमा ध्यान नदिई क्वान्टिटीमा मात्रै जोड दिइयो, यो राम्रो पक्ष हैन ।”

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सहकारीको सहकार्यमा उद्योग पनि खोल्न सकिने बताउनुभयो । “हामी उत्पादनमुलक क्षेत्रमा सहकारीसँग सहकार्य गर्न चाहान्छौँ, यसबाट सहकारी सदस्यको उत्पादनमुलक क्षमता बढ्छ, रोजगारीका अवसर पनि सिर्जिन्छन्”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पौडेलले सरकार र सहकारी मिलेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणाले सार्थकता पाउने बताउँदै भन्नुभयो, “सरकार–सहकारी तथा सहकारी–सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गरी आफैले बजार व्यवस्थापन गर्दा विचौलियाको समस्या हुन्न र उत्पादनकर्ताले उचित मूल्य पाउँछन् ।”

मुख्यमन्त्री पौडेलले ‘१० महिने शिशुजस्तो प्रदेश सरकार’ले हालसम्म नीति, नियम र कानून बनाएसँगै महत्वपूर्ण कामको शुरुआत गरेको बताउँदै दृढताका साथ अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला कर्मचारी पर्याप्त थिएनन्, अब व्यवस्थापनपछि विकासका कामले अग्रता लिनेछन् ।”

उहाँले राजनीतिक परिवर्तन भए पनि मानसिकतामा परिवर्तन नभइसकेको बताउँदै अब हरेक क्षेत्रले काम गर्दा समृद्धिको यात्रा उन्मुख हुनुपर्छ । सो अवसरमा प्रदेश सांसदद्वय लक्ष्मण लम्साल र दिपक निरौलाले सहकारी क्षेत्रलाई राम्रो प्रकारले अघि बढाउन प्रदेशसभामा सहकारी ऐन निर्माणसम्बन्धी छलफल भइरहेको बताउनभुयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सरोज सापकोटाले करीब आठ हजार सदस्य रहेको सहकारीले हाल रु ३१ करोड २२ लाख १७ हजार कारोवार गरिरहेको जानकारी दिनुभयो । रासस ,राजकुमार पराजुली 

 

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : २४ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,