२०८३, २४ आश्विन आईतबार

जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोकिने विश्वास

जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोकिने विश्वास


काठमाडौँ २१ पुस : सभामुख कृष्णबहादुर महराले प्रदेश नं ५ को प्रदेशसभाले सबै जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

रापती समाज काठमाडौँको १२ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले पूर्व बर्दघाटदेखि पश्चिम राजापुरका जनतालाई न्याय हुने गरी प्रदेशसभाले राजधानी तोक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशसभाले प्रदेश नं ५ का जनताको सुविधालाई ध्यानमा राख्दै उचित निर्णय लिनेछ ।” साहित्यिक, साङ्गीतिक र शैक्षिक रुपमा राप्तीका जिल्ला निकै अगाडि रहेको बताउँदै उहाँले आफ्ना क्षमता पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाकी सदस्य कोमल वलीले राप्ती क्षेत्रका जनताको सहयोगका लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको राजधानी दाङ बनाउन सक्दो प्रयत्न गर्ने बताउनुभयो ।

सो अवसरमा समाजको विभिन्न तहतप्कामा बसेर सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सामजिक अभिनन्दन गरिएको थियो । सभामुख महराले राष्ट्रियसभा सदस्य वली, संविधानविद् डा भीमार्जुन आचार्य, सङ्गीतकार सन्तोष श्रेष्ठलगायतलाई सम्मान गर्नुभएको थियो ।

सो क्रममा समाज र बालाजुस्थित कोहिनुर बोर्डिङ स्कुलबीच प्रत्येक शैक्षिक सत्रमा राप्तीका दुई विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : ०८ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको