२०८२, १३ माघ मंगलबार

जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोकिने विश्वास

जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोकिने विश्वास


काठमाडौँ २१ पुस : सभामुख कृष्णबहादुर महराले प्रदेश नं ५ को प्रदेशसभाले सबै जनतालाई सुविधा पुग्ने गरी प्रदेशको राजधानी तोक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

रापती समाज काठमाडौँको १२ औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले पूर्व बर्दघाटदेखि पश्चिम राजापुरका जनतालाई न्याय हुने गरी प्रदेशसभाले राजधानी तोक्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशसभाले प्रदेश नं ५ का जनताको सुविधालाई ध्यानमा राख्दै उचित निर्णय लिनेछ ।” साहित्यिक, साङ्गीतिक र शैक्षिक रुपमा राप्तीका जिल्ला निकै अगाडि रहेको बताउँदै उहाँले आफ्ना क्षमता पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाकी सदस्य कोमल वलीले राप्ती क्षेत्रका जनताको सहयोगका लागि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको राजधानी दाङ बनाउन सक्दो प्रयत्न गर्ने बताउनुभयो ।

सो अवसरमा समाजको विभिन्न तहतप्कामा बसेर सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सामजिक अभिनन्दन गरिएको थियो । सभामुख महराले राष्ट्रियसभा सदस्य वली, संविधानविद् डा भीमार्जुन आचार्य, सङ्गीतकार सन्तोष श्रेष्ठलगायतलाई सम्मान गर्नुभएको थियो ।

सो क्रममा समाज र बालाजुस्थित कोहिनुर बोर्डिङ स्कुलबीच प्रत्येक शैक्षिक सत्रमा राप्तीका दुई विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : ०८ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै