२०८२, २० कार्तिक बुधबार

न्यायालयको गरिमा राख्न अप्रिय निर्णय लिए : प्रधानन्यायाधीश

न्यायालयको गरिमा राख्न अप्रिय निर्णय लिए : प्रधानन्यायाधीश


काठमाडौँ, २० पुस: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नुपरेको बताउनुभएको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितको समूहसँग आज भएको भेटमा उहाँले आफूले न्यायपालिकाको गरिमाका लागि नचाहेर पनि सो अप्रिय निर्णय लिनुपरेको बताउनुभयो ।

प्रधानन्यायाधीश राणाले आफू देश र जनतालाई न्याय दिन नै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा आएको र न्यायालय र देशलाई हित भएमा आफू पर्दै छोड्न तयार रहेको स्पष्ट पार्नुभयो । बारका अध्यक्ष केसीले जोशीलाई संवैधानिक इजलासबाट फिर्ता बेलाउने र मुद्दामा पेशी नतोक्ने विषयमा चासो व्यक्त गर्दै सहमति र सौर्हादपूर्ण वातावरणमा निकास खोज्नुपर्ने कुरा राख्नुभएको थियो ।

सो जिज्ञासमा प्रधानन्यायाधीश राणाले आफूले सहमतिमा काम गर्न खोज्दा जोशी नमान्नु भएकाले सो कदम उठाउन बाध्य भएको र आफूले न्यायालयको छवि माथि उठाउन सो निर्णय गरेको स्पष्ट पार्नुभयो । न्याय परिषद्को बिहीबारको बैठकले संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीश जोशीको स्थानमा न्यायाधीश दीपककुमार कार्कीलाई तोकेको थियो । प्रधानन्यायाधीश राणाले पदबहालीकै क्रममा आफूले न्यायालयको गरिमामा उच्च बनाउन आफूले जोशीलाई मुद्दामा पेशी नतोक्ने घोषणा गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ९ : २८ बजे

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज

एमालेमा महाधिवेशन प्रतिनिधि छनोटका सात मापदण्ड

काठमाडौं । नेकपा (एमाले)ले आउँदो ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटमा

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट