२०८२, १ श्रावण बिहीबार

काभ्रेबाट नौ जना लागुऔषध कारोवारी पक्राउ

काभ्रेबाट नौ जना लागुऔषध कारोवारी पक्राउ


काभ्रेपलाञ्चोक, २० पुस : प्रहरीले प्रतिबन्धित लागुऔषध कारोवार गर्ने नौ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलनमार्फत अवैध लागुऔषध नाइट्राभेटसहित दुई जनालाई सार्वजनिक गरेको छ । प्रहरीले ५० पत्ता (७५० चक्की) झोलामा लुकाइछिपाइ तराईबाट बिपी राजमार्ग हुँदै धुलिखेल आउने क्रममा नमोबुद्ध नगरपालिका–७ स्थित मङ्गलटारमा जाँचका क्रममा सुनसरीको गढी गाउँपालिका–३ छिटाहाका २० वर्षीय सरोजकुमार मेहेता र भारतको कानपुरस्थित पुपीका २१ वर्षीय मनोजकुमार मेहेतालाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रविराज खड्काले प्रारम्भिक अनुसन्धानबाट सो लागुऔषध प्रतिचक्की रु एक हजारदेखि रु एक हजार ५०० सम्ममा बिक्री हुनेगरेको बताउनुभयोे । यस्तै बनेपास्थित इलाका प्रहरी कार्यालयले पनि विभिन्न मितिमा नाइट्राभेट लागुऔषधसहित सातलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरी निरीक्षक नीरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यही पुस १३ गते र १७ गते बनेपाका विभिन्न स्थानबाट कारोवार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । सातजनाबाट नाइट्राभेट १७० पत्ता (२५५० चक्की) बरामद गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

चालू आवको पुस तेस्रो हप्तासम्म १० वटा लागुऔषध कारोवार घटनामा १४ र गत आवमा१२ वटा लागुऔषध कारोवार घटनामा १६ लाई लागुऔषधसम्बन्धी मुद्दा चलाइएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ६ : ४५ बजे

अडिओ काण्डमा मन्त्री बलराम अधिकारीको प्रष्टीकरण : “मेरो स्वर हो भने सजाय भोग्न तयार छु”

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम

आजदेखि नयाँ मौद्रिक नीति कार्यान्वयनमा, ब्याजदर घट्दै, कर्जा सीमा बढ्दै

काठमाडौं, । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२र८३ का

धुलिखेल खावा सडकका लागि नयाँ ठेक्का आव्हान

काठमाडौं । धुलिखेल(खावा खण्डको चार किलोमिटर सडक बनाउन नयाँ टेन्डर

च्यासलमा एमाले सचिवालय बैठक सुरु 

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार