२०८२, २० कार्तिक बुधबार

उपचार अनुदान पाँच लाख पु¥याउँछौँ : अध्यक्ष दाहाल

उपचार अनुदान पाँच लाख पु¥याउँछौँ : अध्यक्ष दाहाल


भक्तपुर, २० पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको रु एक लाख रकम वृद्धि गरी रु पाँच लाख पु¥याउने बताउनुभएको छ ।

भक्तपुरमा आज नेपाल अर्बुद रोग निवारण संस्थाको २८औँ राष्ट्रियसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले विपन्नको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने भएपछि अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताउनुभयो ।

देशमा बढ्दै गएको ‘अर्बुद’ रोगप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब कोही पनि नागरिकले उपचार खर्चको अभावमा ज्यान गुमाउने अवस्था नआउने बताउनुभयो । सरकारले अस्पतालमा अर्बुद उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण वितरण गर्ने बताउँदै अहिले उपकरण ल्याउन भइरहेको प्राविधिक जटिलता अन्त्य गरी सुलभ र अत्याधुनिक उपकरणबाट अर्बुद रोगको उपचार गर्न आवश्यक कदम सरकारले चालिरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले अर्बुद रोग न्यूनीकरणका लागि जनचेतना फैलाउने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले अर्बुद रोग न्यूनीकरणका लागि निरोधात्मक र प्रचारात्मक अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ६ : २५ बजे

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज

एमालेमा महाधिवेशन प्रतिनिधि छनोटका सात मापदण्ड

काठमाडौं । नेकपा (एमाले)ले आउँदो ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटमा