२०८३, २४ आश्विन आईतबार

उपचार अनुदान पाँच लाख पु¥याउँछौँ : अध्यक्ष दाहाल

उपचार अनुदान पाँच लाख पु¥याउँछौँ : अध्यक्ष दाहाल


भक्तपुर, २० पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको रु एक लाख रकम वृद्धि गरी रु पाँच लाख पु¥याउने बताउनुभएको छ ।

भक्तपुरमा आज नेपाल अर्बुद रोग निवारण संस्थाको २८औँ राष्ट्रियसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले विपन्नको उपचारका लागि सरकारले रु पाँच लाख सहयोग गर्ने भएपछि अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताउनुभयो ।

देशमा बढ्दै गएको ‘अर्बुद’ रोगप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब कोही पनि नागरिकले उपचार खर्चको अभावमा ज्यान गुमाउने अवस्था नआउने बताउनुभयो । सरकारले अस्पतालमा अर्बुद उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण वितरण गर्ने बताउँदै अहिले उपकरण ल्याउन भइरहेको प्राविधिक जटिलता अन्त्य गरी सुलभ र अत्याधुनिक उपकरणबाट अर्बुद रोगको उपचार गर्न आवश्यक कदम सरकारले चालिरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले अर्बुद रोग न्यूनीकरणका लागि जनचेतना फैलाउने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले अर्बुद रोग न्यूनीकरणका लागि निरोधात्मक र प्रचारात्मक अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ६ : २५ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको