२०८२, १ आश्विन बुधबार

चार किलो सुनसहित तीन पक्राउ

चार किलो सुनसहित तीन पक्राउ


धादिङ, २० पुस : गल्छीबाट मलेखुतर्फ जाँदै गरेका दुई मोटरसाइकलबाट अवैध चार किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–३ का २७ वर्षीय सञ्जीत वाइबा, नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो ।

प्रहरीले पृथ्वीराजमार्गको गजुरीमा सवारी जाँच गर्दा बा ८७ प ७७३१ र प्रदेश नम्बर ३ ०२–००३ प २५४० नम्बरका मोटरसाइकलबाट उक्त सुन बरामद गरेको थियो । प्रहरीले सुन र मोटरसाइकलसमेत तीनजनालाई हिरासतमा लिएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ६ : १० बजे

सरकारद्वारा असोज १ मा सार्वजनिक बिदा, देशभर राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । नेपाल सरकारले जेनजी पुस्ताद्वारा आयोजना गरिएको प्रदर्शनका क्रममा

सेनाका २२ जना सवार ट्रक दुर्घटना, ६ गम्भीरसहित १६ घाइते

हेटौंडा । नेपाली सेनाका २२ जना जवान सवार ट्रक मंगलबार

विश्वकर्मा पूजा आज देशभर मनाइँदै, औद्योगिक क्षेत्रदेखि सवारी साधनसम्म पूजाआजा

काठमाडौं । आज देशभर विश्वकर्मा पूजा धुमधामका साथ मनाइँदैछ। कन्या

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, मनसुन अझै सक्रिय

काठमाडौँ । हाल देशभर मनसुन सक्रिय रहँदा अरब सागर तथा