२०८२, ६ बैशाख शनिबार

सूर्यविनायकदेखि साँगासम्म ‘सर्भिस ट्रयाक निर्माण कार्य शुरु’, सांसद बस्नेतले गरे शिलान्यास

सूर्यविनायकदेखि साँगासम्म ‘सर्भिस ट्रयाक निर्माण कार्य शुरु’, सांसद बस्नेतले गरे शिलान्यास


भक्तपुर, १८ पुस: मध्यपुरथिमि नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय क्षयरोग केन्द्रदेखि शङ्खधर चोकसम्मको छ लेन सडकमा ‘सर्भिस ट्रयाक’ निर्माण शुरु भएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा आज सो ट्रयाकको शिलान्यास गर्नुभयो । सो अवसरमा पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले भक्तपुरको सडकलाई सफा, शान्त, जाममुक्त, सुरक्षित र उज्यालो सडक बनाउने अभियान सञ्चालन भएको बताउँदै सोही अभियानस्वरुप अहिले मध्यपुरथिमि नगरपालिकाका क्षेत्रमा निर्माण हुन बाँकी रहेका सर्भिस ट्रयाकको निर्माण शुरु भएको जानकारी दिनुभयो ।

सडकको दायाँबायाँ रहेको सर्भिस ट्रयाकलाई छुट्टै मोटरसाइकल लेन बनाएपछि मोटरसाइकल दुर्घटनामा न्यूनीकरण हुने विश्वास व्यक्त गर्दै उहाँले भक्तपुरलाई जाममुक्त र दुर्घटनामुक्त सडक बनाउने अभियान शुरु भइसकेको बताउनुभयो । सांसद बस्नेतले भन्नुभयो, “सर्भिस ट्रयाक निर्माण सम्पन्न भएसँगै मोटरसाइकल लेन छुट्टै हुनेछ, त्यसले जामलाई पनि कम गर्नेछ, छ लेन सडकमा निर्माण भइरहेको हनुमन्ते र मनोहरा नदीको पुल निर्माण सम्पन्न भएसँगै जाम कम हुन्छ, यो राजमार्गलाई सफा, शान्त र हरियाली बनाउन सरसफाइ, वृक्षरोपण कार्य अभियानकैरुपमा अगाडि बढाएको छ ।”

कोटेश्वर भक्तपुर सडकलाई जाममुक्त बनाउन जडीबुटीबाट नरेफाँट हँुदै बालकुमारी जाने सडकको आँखा अस्पताल नजिकै रहेको हनुमन्ते खोलामा तत्कालका लागि बेलिब्रिज निर्माण शुरु भएको उहाँले बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले क्षयरोग अस्पतालदेखि शङ्खधर चोकसम्मको ५०० मिटर क्षेत्रफलमा नगरपालिका आफैँले सर्भिस ट्रयाक निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

नगरपालिकाले यसका लागि तत्काल रु ५० लाखको बजेट विनियोजन गरेको उल्लेख गर्दै उहाँले सर्भिस ट्रयाक निर्माण सम्पन्नसँगै दुर्घटना न्यूनीकरणसमेत हुने बताउनुभयो । नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं ४ का वडाअध्यक्ष कुमार श्रेष्ठलगायतले अरनिको राजमार्गलाई दुर्घटनामुक्त राजमार्ग बनाउन लागिपरेको धारणा व्यक्त गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ९ : ०० बजे

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

अब तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका