२०८२, ३१ असार मंगलबार

शिविरमा आक्रमण, पाँच सैनिक मारिए

शिविरमा आक्रमण, पाँच सैनिक मारिए


कान्दाहार, अफगानिस्तान, १८ पुस : अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा पाँच अफगान सैनिक मारिनुका साथै अन्य छ जना घाइते भएका छन् । देशको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तको मेवाद जिल्लामा रहेको शिविरमा भएको आक्रमणमा उनीहरु मारिएको एक स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

आक्रमण गर्न सैन्य शिविरमा आएका तालिबान लडाकूहरुलाई जवाफी कारबाहीस्वरुप अफगान राष्ट्रिय सेनाको तर्फबाट बन्दुक, रकेटलगायतका हतियारले आक्रमण गरेको थियो । नाम नबताउने शर्तमा यी जानकारीहरु दिएका एक सरकारी अधिकारीले आक्रमण गर्न आएका तालिबान लडाकूहरुको सङ्ख्या भने यकिन भएको बताए । ती सरकारी अधिकारीले सरकारी सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको दोहोरो गोली हानाहानमा परी कैयौँ आतङ्ककारी मारिनुको साथै केही घाइते भएको दावी पनि गरेका छन् ।

तर के कति सङ्ख्यामा तालिबान लडाकू मारिए यसको यकिन सङ्ख्या भने प्राप्त भएको छैन । सेनाका प्रवक्ता मोहमद याहयाले यस हताहतको पुष्टि गर्नुृ हुँदै यसको विस्तृत विवरण भने पछि जानकारी दिने बताउनुभयो । कान्दाहार प्रान्तमा पहिलेको तुलनामा सुरक्षा व्यवस्थामा सुधार भएको बताइन्छ । गत केही महिनायता सुरक्षा अधिकारीहरुले तालिबान र अन्य लडाकूविरुद्ध खोजीलगायत अन्य कारबाही जारी राखेका छन् । तर अझै पनि तालिबान लडाकूहरुले कान्दाहार प्रान्तमा सरकारी अधिकारी र सरकारी स्थल लक्षित आक्रमण गर्दै आएका छन् । गत तीन दिनयता अफगानिस्तानभरी भएका विभिन्न झडप र आक्रमणमा परी करीब १५ जना अफगान सुरक्षा बलका अधिकारीको मृत्यु हुनका साथै अन्य ४० जना घाइते भएका छन् ।
-रासस÷सिन्ह्वा

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ७ : २५ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे