२०८३, ३० श्रावण आईतबार

शिविरमा आक्रमण, पाँच सैनिक मारिए

शिविरमा आक्रमण, पाँच सैनिक मारिए


कान्दाहार, अफगानिस्तान, १८ पुस : अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा पाँच अफगान सैनिक मारिनुका साथै अन्य छ जना घाइते भएका छन् । देशको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तको मेवाद जिल्लामा रहेको शिविरमा भएको आक्रमणमा उनीहरु मारिएको एक स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् ।

आक्रमण गर्न सैन्य शिविरमा आएका तालिबान लडाकूहरुलाई जवाफी कारबाहीस्वरुप अफगान राष्ट्रिय सेनाको तर्फबाट बन्दुक, रकेटलगायतका हतियारले आक्रमण गरेको थियो । नाम नबताउने शर्तमा यी जानकारीहरु दिएका एक सरकारी अधिकारीले आक्रमण गर्न आएका तालिबान लडाकूहरुको सङ्ख्या भने यकिन भएको बताए । ती सरकारी अधिकारीले सरकारी सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको दोहोरो गोली हानाहानमा परी कैयौँ आतङ्ककारी मारिनुको साथै केही घाइते भएको दावी पनि गरेका छन् ।

तर के कति सङ्ख्यामा तालिबान लडाकू मारिए यसको यकिन सङ्ख्या भने प्राप्त भएको छैन । सेनाका प्रवक्ता मोहमद याहयाले यस हताहतको पुष्टि गर्नुृ हुँदै यसको विस्तृत विवरण भने पछि जानकारी दिने बताउनुभयो । कान्दाहार प्रान्तमा पहिलेको तुलनामा सुरक्षा व्यवस्थामा सुधार भएको बताइन्छ । गत केही महिनायता सुरक्षा अधिकारीहरुले तालिबान र अन्य लडाकूविरुद्ध खोजीलगायत अन्य कारबाही जारी राखेका छन् । तर अझै पनि तालिबान लडाकूहरुले कान्दाहार प्रान्तमा सरकारी अधिकारी र सरकारी स्थल लक्षित आक्रमण गर्दै आएका छन् । गत तीन दिनयता अफगानिस्तानभरी भएका विभिन्न झडप र आक्रमणमा परी करीब १५ जना अफगान सुरक्षा बलका अधिकारीको मृत्यु हुनका साथै अन्य ४० जना घाइते भएका छन् ।
-रासस÷सिन्ह्वा

प्रकाशित मिति : २०७५, १८ पुस बुधबार  ७ : २५ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका