२०८३, २४ आश्विन आईतबार

प्रधानन्यायाधीश मिश्रको अवकास

प्रधानन्यायाधीश मिश्रको अवकास


काठमाडौँ, १७ पुस : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण आजबाट अवकास लिनुभएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा उहाँले गत भदौ २५ गतेदेखि कार्यभार सम्हाल्नुभएको थियो । आज प्रेस विज्ञप्ति जारी गरी उहाँले कानूनको क्षेत्रमा आफूले समर्पित गरेका चार दशक लामो अनुभवले आफूलाई यहाँसम्म ल्याउन सफल भएको र त्यसक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

न्यायलयमा आफू रहँदा न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम गरेको बताउँदै उहाँले न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप सबल र सुदृढ हुन सकोस् भन्नी शुभकामना पनि व्यक्त गर्नुभयो ।

उमेरहदका कारण उहाँको अवकास भएपछि वरिष्ठताका आधारमा प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्को सिफारिसमा आज संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरेको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ९ : १७ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको