२०८२, २० कार्तिक बुधबार

प्रधानन्यायाधीश मिश्रको अवकास

प्रधानन्यायाधीश मिश्रको अवकास


काठमाडौँ, १७ पुस : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण आजबाट अवकास लिनुभएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा उहाँले गत भदौ २५ गतेदेखि कार्यभार सम्हाल्नुभएको थियो । आज प्रेस विज्ञप्ति जारी गरी उहाँले कानूनको क्षेत्रमा आफूले समर्पित गरेका चार दशक लामो अनुभवले आफूलाई यहाँसम्म ल्याउन सफल भएको र त्यसक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

न्यायलयमा आफू रहँदा न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम गरेको बताउँदै उहाँले न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप सबल र सुदृढ हुन सकोस् भन्नी शुभकामना पनि व्यक्त गर्नुभयो ।

उमेरहदका कारण उहाँको अवकास भएपछि वरिष्ठताका आधारमा प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्को सिफारिसमा आज संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरेको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ पुस मंगलबार  ९ : १७ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई