२०८३, ३ भाद्र बिहीबार

सोनम ल्होसार मनाउन तेमाल र रोशीमा तीन दिन सार्वजनिक बिदा

सोनम ल्होसार मनाउन तेमाल र रोशीमा तीन दिन सार्वजनिक बिदा


काभ्रेपलाञ्चोक, १६ पुस: तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ जातिको बाहुल्यता रहेको सो गाउँपालिकाले आगामी माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ल्होसारलाई उत्सवका रुपमा मनाउन गाउँपालिकाको बैठकबाट निर्णय गरी सार्वजनिक बिदा दिएका हौँ ।”

उहाँका अनुसार रोशी गाउँपालिकामा ७० प्रतिशत तामाङ समुदायको बसोबास छ । अध्यक्ष लामाले संविधानले स्थानीय सरकारलाई दिएको अधिकारको आधारमा ल्होसार पर्वमा सार्वजनिक विदा दिएको बताउनुभयो । नेपाल सरकारले यस वर्षदेखि विभिन्न ल्होसार पर्वको बिदा कटौती गरेको थियो ।

तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर मोक्तानले यो गाउँपालिकामा ८३ प्रतिशत तामाङ समुदायको बसोबास रहेको र तामाङ समुदायले सोनम ल्होसारलाई आफ्नो मुख्य सांस्कृतिक पर्वको रुपमा मनाउने भएकाले उक्त दिन बिदा दिइएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ पुस सोमबार  ७ : ४१ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश