२०८२, १३ माघ मंगलबार

मेयर जेलबाट छुटेको खुसियालीमा भोलि सार्वजनिक विदा

मेयर जेलबाट छुटेको खुसियालीमा भोलि सार्वजनिक विदा


काठमाडौं, १४ पुस । कहिँ नभएको जात्रा, हाँडीगाउँँ भन्ने नेपाली आहान रौतहटको कहटरियामा चरितार्थ भएको छ । कटहरिया नगरपालिकाले भोलि नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको छ । कारण छ-हत्या अभियोगमा पक्राउ परेका मेयर शियाराम कुशवाहा सफाई । जेलबाट छुटेपछि हेलिकोप्टर चढेर रौतहट पुगेका कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।’

नगरपालिकाद्धारा शनिबार सूचनामा भनिएको छ, ‘नगरबासीका सच्चा अभिभावक नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहा ज्यू सम्मानित अदालतनको मिति २०७५/०९/१३ गतको फैसलाबाट सफाई पाई निर्दोष सावित हुनु भएको खुसीयालीमा भोलि ….. विदा रहने व्यहोरा यस कार्यालयका प्रमुख स्तरीय निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले २५ फागुन २०७४ कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतको आदेश कार्यान्वयन नभइरहेको बेला कुशवाहा कटहरियाको मेयर निर्वाचित भए । तर, अदालतको फैसला कार्यान्वयनका क्रममा उनी २६ वैशाखमा काठमाडौंबाट पक्राउ गरे । त्यसविरुद्ध सर्वोच्च गएका उनले शुक्रबार सफाइ पाएका थिए ।

प्रकाशित मिति : २०७५, १४ पुस शनिबार  ८ : ५७ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै